स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन प्रशिक्षण

अमरराज नहर्की
तनहुँ , माघ ३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तनहुँ , लमजुङ र गोरखाका स्थानीय सरकारको वस्तु स्थिती बुभ्mन सम्बन्धित क्षेत्रमै कर्मचारी खटाएको छ । खटाईएका कर्मचारीले वस्तु स्थिती बुझेर राजस्व अधिकार , राजस्व सुधारको आवश्यकता तथा सुशासन प्रवद्धनमा स्थानीय तहको भूमिका सम्बन्धमा छलफल , परामर्श गर्न तथा प्रशिक्षण दिन थालेको छन् । जनप्रतिनिधी ,स्थानीय कर्मचारीसँग छलफल , परामर्श तथा प्रशिक्षण दिईएको छ । यस्तो कार्यले स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन मद्धत पुग्ने अपेक्षा लिईएको छ । पहिलो चरण अन्तर्गत गण्डकी प्रदेशका तीन जिल्लाका तीन पालिकामा गरिएको पछि क्रमश अन्य स्थानीय सरकारमा पनि कार्यक्रम गरिने सो अवसरमा जानकारी दिईयो ।
मन्त्रालयका टोलीले बिहीबार पालुङटारमा एक कार्यक्रम गरेको छ । सो अवसरमा वस्तु स्थिती बुभ्ने , छलफल गर्ने त्यसको आधारमा पालिकाको अवस्था के छ ? समस्या के छ ? , समस्या समाधानको लागि के गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिईएको थियो । स्थानीय तहमा पनि त्यही बसेर छलफल , सहजीकरण गरेर टुङ्गिन सकिने कुरा मिलाउने नसकिएमा नेपाल सरकारको तहबाट गर्नु पर्ने काम सम्बन्धमा पनि जानकारी दिईएको थियो । साथै अप्ठ्यारो के रहेछ ? त्यसलाई कसरी फुकाउन सकिन्छ भन्ने सम्बन्धमा कार्यक्रममा जानकारी दिईएको थियो । पालुङटार नगरपालिकाका प्रमुख इन्जिनियर दीपकबाबु कँडेल , उपप्रमुख पम्फा बसेल , प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीले मन्त्रालयका टोलीलाई नगरपालिकाको कार्य सम्पादनको बारेमा जानकारी लिएको थियो ।
कार्यक्रममा स्थानीय सरकारको हालको कार्य सम्पादनको व्यवस्था , जनशक्ति र राजस्व परिचालन , योजना तर्जुमा गर्ने पद्धति , विनियोजित वजेट के के रहेछ , लगानी कुन क्षेत्रमा गरेको छ , नतिजा कस्तो छ भन्ने बारेमा जानकारी दिईएको थियो । सुशासन र पारदर्शिताको लागि के के गरिएको छ ? , आर्थिक अनुशासन व्यवस्था , सामाजिक सुरक्षा , व्याक्तिगत घटना दर्ता , कर्मचारी र जनप्रतिनिधीको सेवा सुविधा , वेदेशिक भ्रमण , वातावरण , फोहर मैला व्यवस्थापन सम्बन्धमा पनि जानकारी दिईयो , कानुनको परिपालना , कायसञ्चालन व्यवस्था , यो वर्षका उल्लेखनीय कामहरु के के भए आदिका बारेमा जानकारी दिईएको थियो । कार्यक्रममा मन्त्रालयका सह सचिव सुरेश अधिकारीले शुसासन प्रवद्धनमा स्थानीय तहको भूमिका र उपसचिव विष्णुदक्त पौडेलले राजस्व अधिकार र राजस्व सुधारको आवश्यकताको बारेमा प्रशिक्षण दिनु भएको थियो । टोलीले बुधबार बन्दीपुर गाउँपालिकामा कार्यक्रम गरेको थियो भने शुक्रबार लमजुङको वेशीसहर नगरपालिकामा गर्ने भएको छ ।

Back to top button