प्याबसन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याबसन कप २०७५ फुटबल प्रतियोगिता शुरु

गाेरखा, माघ ३

निजि तथा आवासीय बिद्यालयहरुको साझा संस्था प्याबसन गोरखाको आयोजनामा आधारभुत तह स्तरीय दोस्रो प्याबसन कप २०७५ फुटबल प्रतियोगिता आजबाटबाट पालुङटार -५ माझाटार खेलमैदानमा शुरु भएको छ । जिल्ला भित्रका निजि तथा आबासीय बिद्यालयहरुको १३ बिद्यालयहरुको सहभागिता रहनको उक्त प्रतियोगिताको उद्घाटन पालुङ्टार नगरपालिकाकाे मेयर ई. दिपक बाबु कँडेलले गर्नुभएको थियो । आजको भएको उद्घाटन खेलमा आेर्ल्ड क्यापिटल रानिबन गोरखालाई मोडर्न ईङ्ग्लिस बोर्डिङ स्कुल हरमटारीले पेनाल्टी सुटआउटमा पराजित गरेकोे छ । त्यस्तै आजको दोस्रो खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजारले ब्राईट फ्युचर बोर्डिङ नयाँ साघुलाई ५-० ले पराजित गरेको छ भने अन्तिम खेलमा युनाइटेड बोर्डिङ स्कुल ठाँटीपोखरीलाई गोरखा मोडर्न ईङ्ग्लिस बोर्डिङ स्कुल हवाईग्राउडले पेनाल्टी सुटआउटमा पराजित गरेकोे छ । निजि बिद्यालयहरु बीच आपसी सम्बन्ध र खेलकुद बिकास अभिबृद्धि गर्न आयोजना गरिएको उक्त प्रतियोगितामा भोलि ५ खेल हुने युनाइटेड स्कुल पालुङटारका शिक्षक दिपक गुरुङले बताउनुभयो ।

Back to top button