माघेसक्रान्तिमा विदा चाहियो – पुन

रविन्द्र कंडेल, माघ २, गोरखा ।
मगरहरुको भाषा संस्कृति र रितिरिवाज तथा परम्परा संरक्षण तथा प्रवद्र्धनका लागी नेपाल मगर संघ प्रारम्भिक समिति धुवाँकोटको आयोजनामा सम्पन्न माघी पर्वका अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै मगर संघका केन्द्रिय सदस्य खेम बहादुर पुन मगरले माघे सक्रान्तिको दिन विदा दिनुपर्ने माग गरेका छन् ।  ֞मगर इतिहास, भाषा संस्कृति संरक्षण मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ पालुङ्टार नगरपालिका वडा नं. ९ धुवाँकोटको शेराबजारमा माघी पर्वको अवसरमा गरिएको माघी कार्यक्रममा बोल्दै पुनले नेपालका प्रथम शहिद लखन थापाको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले मगर समुदायको समृद्धिका लागी आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । साथै मगर संस्कृति झल्कने मगर संग्रहालय निर्माणमा मगर संस्कृतिका सम्पूर्ण चिजहरुलाई संग्रहित गरि व्यापरिकरण गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा नगर उपप्रमुख पम्फा बसेलले संस्कृतिलाई शिक्षासंग जोडनुपर्ने र सो को लागी नगरपालिकाले हातेमालो गर्ने बताउनुभयो ।
मगरहरुको भाषा, भेषभूषा तथा संस्कृति झल्कने विविध सांस्कृतिक झाँकी, पाउँधुरे, कौरा लगायतका झलकहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ९० वर्षका बृद्धाले पाउँधुरे गाउँदा सवैले सहानुभुतिपूर्वक अवलोकन गर्दै संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन नसके परम्परा संकटमा पर्ने बताएका थिए ।
नेपाल मगर संघ क्षेत्रिय समन्वय समिति क्षेत्र नं. २ का अध्यक्ष कृष्ण बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नंं. ९का वडाध्यक्ष भेजराज पाण्डे, आयोजकका तर्फबाट दीपा थापा मगर, नेपाल मगर संघ क्षेत्रिय समन्वय समिति क्षेत्र नं. २ का सचिव वेद बहादुर राना मगर लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

Back to top button
Skip Add
Close