केन्द्रको खारेजी प्रति काँग्रेस तनहुँद्धारा आपत्ति

अमरराज नहर्की
दमौली, माघ २ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित गिरिजाप्रसाद श्वासप्रश्वास केन्द्रलाई सरकारले विघटन गर्न खोजेको प्रति काँग्रेस तनहुँले आपत्ति जनाएको छ ।
काँग्रेस तनहुँका सचिव विश्व वाँस्तोलाद्धारा आज बुधबार जारी विज्ञेप्तीमा विरोध जनाईएको छ । विज्ञेप्तीमा केन्द्रलाई विघटन गर्ने गरी मन्त्री परिषद बैठकबाट गरिएको निर्णयले गंभिर बनाएको उल्लेख गरिएको छ । सङ्घिय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनु भएका , शान्ति प्रक्रियाका महानायक पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको नाममा स्थापित केन्द्रलाई विघटन गरिने खबरले काँग्रस तनहुँलाई गंभिरध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
मित्रराष्ट्र भारतको सहयोगमा सुविधा सम्पन्न मेडिकल कलेजको रुपमा अगाडि बढाउने गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारत सरकारसँग सहमति गरी प्रक्रिया अगाडी बढी रहेकोमा अस्पतालनै खारेज गर्ने सरकारको निर्णयले सबै तनहुँ वासीलाई स्तब्ध बनाएइको जनाईएको छ । पूर्वाग्रही र पक्षपातपूर्ण निर्णय अविलम्ब सञ्चाउन विज्ञेप्तीमा जोडदार माग गरिएको छ । अन्यथा तनहुँवासीको विकास र प्रतिष्ठासँग जोडिएको श्वासप्रश्वास केन्द्रलाई खारेजी हुनबाट जोगाउन नेपाली काँग्रेस तनहुँ कडा सङ्घर्षका कार्यक्रमहरु गर्न बाध्य हुने जनाईएको छ ।
निर्णयका विरुद्ध आ–आफ्नो ठाउँबाट विरोध तथा सङ्घर्षका कार्यक्रम अगाडि बढाउन सम्पूर्ण तनहुँबासीलाई विज्ञेप्तीमा आग्रह गरिएको छ । साथै विज्ञेप्तीमा काँग्रेस सरकारले सुरु गरेका शहिद बुद्धसिंह मार्ग लगायतका जिल्लाका महत्वपूर्ण योजनाको वजेट कटौती गरि तनहुँ जिल्लाको विकास निमार्णमा पूर्वाग्रही भएको आरोप लगाईएको छ ।

Back to top button