
पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा एतिहासिक नगरी पालुङटारको लिगलिग कोटमा ४० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा नगर प्रमुख ई.दीपक बाबू कंडेल बाट झण्डोत्तोलन हुने भएको छ । लिगलिग काेट लाइ पर्यटकीय रूपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएकाे छ । यसै सन्दर्भमा पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारी पाैष २७ गतेका दिन उक्त झण्डा राखिन लागिएकाे हाे । साेही अवसरमा “लिगलिग – पालुङटार प्रवर्द्धन यात्रा २०७५ ” मा पालुङटारका केही युवाहरू टिस्टा नदि सम्म काे यात्रा गरेका र साेही क्रममा टिस्टा पुर्याइएका झण्डाहरू पनि नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको यात्रामा सहभागी युवा किरण गिरीले जानकारी दिनुभयाे । पाैष २७ गते विहान ८ बजे कार्यक्रम हुने अायाेजकले जनाएका छन् ।