पालुङटार नगरपालिकाको चौथो नगरसभा सम्पन्न, नगर खेलकुद विकास समिति गठन

हालसम्म यस आ.व. मा चालु खर्च तर्फ रु. ४१ करोड ९२ लाख ७२ हजार ९७६ र पूजीँगत खर्च तर्फ रु. ३१ करोड ५० लाख ४७ हजार २४ गरी कूल रु. ७७,४३,२०००० बजेट विनियोजन गरिएकोमा २०७५ मङ्सिर मसान्तसम्म चालु खर्चतर्फ रु. १२ करोड ९१ लाख ६१ हजार ३९८ र पूजीँगत खर्च तर्फ रु. ४ करोड ४२ लाख ४५ हजार ३१७ गरी जम्मा रु. १७ करोड ३४ लाख ६ हजार ७१५ खर्चको समीक्षा गरिएको उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो । पालुङटार नगरपालिकाका प्रमुख दिपकबावु कँडेलको सभापतित्वमा सम्पन्न नगरसभा तथा हिउँदे अधिवेशनमा राजस्व परामर्श समिति, विपद ब्यबस्थापन समिति, योजना तर्जुमा समिति, अनुगमन समिति, न्यायिक समिति आर्थिक समिति लगायतले कार्य प्रगति वितरण पेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker