माघे सक्रान्तिमा सार्वजनिक विदा

पोखरा,२५ पुस ।  गण्डकी प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मुख्मन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णयले थारु तथा मगर समुदायको विशेष चाडलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।  यसअघि माघी पर्व मनाउने मगर, तामाङ, कुमाल लगायतका अादिवासी जनजातीहरूले  विदा  दिनुपर्ने माग राख्दै अाइरहेका थिए । पुस १५ मा पनि गण्डकी प्रदेशले  ल्हाेसार मनाउनकाे लागी सार्वजनिक विदा दिएकाे थियाे ।  मगर संघ पालुङटारले त नगरपालिकामा समेत विदा माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । यसअघि इसाइहरूकाे चाड क्रिसमसमा भने प्रदेश सरकारले विदा दिएकाे थिएन ।

Back to top button
Skip Add
Close