

तनहुँ, २३ पाैष ।
छपेली यूबा सांस्कृतिक परीवार बन्दिपुर–१ तनहुँको आयोजनामा पाँचाै छपेली कप आजबाट सुरु भएको छ । फुटबल प्रतियोगिताको एक कार्यक्रमकाबीच बन्दिपुर गाँउपालिकाका अध्यक्ष पूर्ण सिंह थापा एवं तनहुँ उद्याेग बाणिज्य संघ तनहुँका अध्यक्ष मानकाजी श्रेष्ठ ले खेल मैदानमा खेलाडीलाई फुटबल पास दिएर उद्घाटन गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष थापाले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रको खेलकूदको विकासमा आफूले सक्दो सहयोग गर्ने बताउनुएको छ । प्रतियोगिताको उद्घाटन खेल अन्तर्गत आज १ खेल सम्पन्न भएको छ । पहिलो खेलमा छपेली यूबा सांस्कृतिक परीवार डि लाई बिरुवाटार सांस्कृतिक यूबा परियार ले ० का बिरुध ३ गोल अन्तरले पराजित गरेको छ ।
फुटबलकाे विजेता समूह ले नगद रू.६० हजार, प्रमाण पत्र तथा मेडल र उपविजेताले नगद रू. ३५ हजार, प्रमाण पत्र तथा मेडल प्राप्त गर्नेछन् । त्यस्तै गरी खेलमा सर्वाधिक गाेलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेलरक्षकले मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । छपेली युवा परिवारकाे अायाेजनामा बन्दीपुर १ स्थित छापकाे खेलमैदानमा शुरू भएकाे खेल अागामी माघ १ गतसम्म सञ्चालन हुनेछ ।