त्रिवेणी मा.वि.मा धार्मिक सांस्कृतिक महोत्सव हुने

गाेरखा, २३ पाैष।
पालुङटार नगरपालिका वडा नं. ९ मा रहेको त्रिवेणी मा.वि.मा धार्मिक सांस्कृतिक महोत्सव हुने भएको छ । विद्यालयमा १२ कक्षा सञ्चालन तथा विद्यालयको चौतर्फि बिकासका लागि धार्मिक सांस्कृतिक महोत्सवको आयोजना हुने भएको हो । माघ १४ गतेबाट २१ गते सम्म सञ्चालन हुन लागेको धार्मिक सांस्कृतिक महोत्सवमा विद्यालयको स्तर विकासको साथै शैक्षिक गुणस्तर लागि आयोजना गरिएको महोत्सबबाट करिब २ करोड रकम संकलन गर्ने उद्देश्य लिईएको बिद्यालयका प्रधानाध्यापक चुडा अधिकारीले जानकारी दिनुभएको छ । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा पितृमुक्ति हवन एवं वृहत धार्मिक शैक्षिक महोत्सब आध्यात्मिक चिन्तनद्धारा राष्ट्रशान्ति लोक कल्याण ज्ञात अज्ञात समस्त दिवंगत आत्महरुको मोक्ष्यप्राप्ति हेतु संगीतमय लीलामय भजन कृतन शान्ति कलश पुजनमा सहयोग गरि ज्ञान पुण्य आर्जन एवं आत्मिक शान्तिको अनुभुती गर्नुहुन समेत आयोजकले अपिल गरेको छ ।

Back to top button