स्थानीय निकायमा कर्मचारी अभाब – चुडामणि खडका

१० पुस , गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चुडामणि खड्का (प्रकाश) ले कर्मचारीका कारण सरकारले सोचे जस्तो काम गर्न नसकेको आरोप लगाएका छन् ।

समानुपातिक सांसद समेत रहेका खड्काले गोरखाको पालुंगटार नगरपालीका-६ मा क्रिसमस काे अवसरमा अायाेजित  एक कार्यक्रममा  कर्मचारीलाई दुई तह बढुवा गरेर स्थानीय निकायमा पठाउने तयारी सरकारले गरेपनि उनीहरु जान नचाहेको बताए।

स्थानीय निकायमा कर्मचारी अभाब छ , कर्मचारीलाई बढुवा सहित पठाउदा समेत जान मान्दैनन् अनि कसरी बढ्छ अगाडी काम ? उनको प्रश्न थियो । उनले अब पनि कर्मचारीले यस्तै अटेरी गरे सरकार चुप लगेर नबस्ने चेतावनी समेत दिए ।

त्यस्तै , नेता खड्काले नेपाली कांग्रेश भित्र फेरी हिन्दु राज्य फर्काउने बिषयमा छलफल भएको भन्दै त्यो कदापी सम्भब नभएको धारण ब्यक्त गरे । उनले नेपाल  धर्म  निरपेक्ष राष्ट्र घोषणा भई सकेको स्मरण गर्दै कांग्रेश  परिवर्तनका मुद्धामा पछाडी फर्कन लागेको आरोप लगाए ।

तत्कालिन नेकपा माओवादीको नेतृत्वमा संचालन भएको १० बर्षे जनयुद्धले स्थापित गरेको धर्म  निरपेक्ष, सङ्घीयता , समानुपातिकता जस्ता मुद्धामा कुनै सम्झौता नहुने भन्दै उनले कुनै राजनितिक  पार्टी  परिवर्तनका मुद्धामा अहिले आएर पछाडी फर्कने कोशिश गर्छ भने नेपाली जनतालाई त्यो स्वीकार्य नहुने बताए ।

कार्यक्रममा पालुंगटार नगरपालीकाकी उप-प्रमुख पम्फा बसेल, नेपाल कम्युनिष्ट पार्टीका नेता विवस चिन्तन (अजय), दुर्गा श्रेष्ठ , मदन देवकोटा , सुदिप नगरकोटी , आशिष देवकोटा , बिधार्थी नेता बाबुराम नेपाली लगायतको उपस्थिती रहेको  थियो ।

त्यस्तै गरी पाैष १० गतेका दिन  सवैजसाे चर्चहरूमा धुमधामका साथ क्रिसमस मनाइएकाे छ । वडा नं. ७ काे विरूवाटारमा रहेकाे  विनय मण्डली चर्चमा पनि स्थानीय क्रिश्चियन समुदायकाे उपस्थितिमा भव्य रूपमा पर्व मनाइएकाे  थियाे  । जसमा उल्लेख्य मात्रामा गैर किश्चियनहरूकाे समेत उपस्थिति रहेकाे  थियाे ।

 

 

Back to top button