बसको ठक्करबाट घाइते बृद्धाको मृत्यु

दमौली ५, पुस

डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते बृद्धाको मृत्यु भएको छ ।

सोही स्थानकी ६६ वर्षीया चिनीमाया कंडेलको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए । डुमे्रबाट लमजुङ्ग बेसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नम्बरको बसको ठक्करबाट मंगलबार घाइते भएकी कंडेलको न्यूरो अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको शाहले बताए ।

सडकछेउमा हिडिरहेकी कंडेललाई बसले ठक्कर दिदा टाउकोमा गम्भिर चोट लागेको र थप उपचारका लागि न्यूरो अस्पताल पठाइएको थियो । बस र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।

Back to top button