दमौली , पुस १ गते । रोट्रयाक्ट क्लब अफ दमौलीले दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीलाई आईतबार वित्तिय साक्षरत तालिम प्रदान गरेको छ । प्रभु बैंक लिमिटेडको दमौली शाखाको सहकार्यमा तालिम दिईएको क्लबले जनाएको छ ।
बैंकको सामाजिक उत्तरदात्यिव कार्यक्रम अन्र्तगत क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई लेखा व्यवस्थापन, बैङ्किङ सेवा तथा सुविधा र बैङ्कको महत्व बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको दमौलीका शाखा प्रमुख राजु रानाले जानकारी दिनु भयो । युवाहरुमा पैसाको महत्व, बचत र उचित सदुपयोगका बारेमा जानकारी दिन तालिम प्रदान गरिएको क्लबका सदस्य किरण श्रेष्ठले जानकारी दिनु भयो । तालिमको उद््घाटन गर्दै सो क्याम्पसका प्रमुख महाप्रसाद हड््खले महेशले को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
क्लबले गर्दै आएको सामाजिक कार्यहरुको चर्चा गर्दै हड््खलले आफुसँगै समाजलाई पनि सुखी र समृद्ध बनाउने अभियानमा जुटेका युवाहरुको सकारात्मक पक्षको सबैले सिको गनुपर्ने बताउनु भयो । कार्यक्रममा विश्वमा वित्तिय सारक्षरताको अवस्था, नेपालमा यसको स्थिती, पूजीँ, बचत , बचतको महत्व, बचत कहाँ गर्ने, बैंक खाता, बैंक कर्जा, बजेट निर्माण, बजेट निर्माणको आवश्यकता, डेविट कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड, चेकबुक लगायतका विषयमा शाखा प्रमुख राजु राना, रिलेसन अफिसर ग्रिवन ढुंगना र सुमेश श्रेष्ठले प्रशिक्षण दिएको क्लबले जनाएको छ । तालिममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।