हलोक्रान्ति’को उद्गम स्थल दुराडाँडा अब जातीय एकता र धार्मिक सहिष्णुतायुक्त गाउँ

‘हलोक्रान्ति’को उद्गम स्थल मात्रै होईन शैक्षिक जागरणले पनि चिनिएको लमजुङको दुराडाँडा नयाँ चिनारी थप्ने प्रयासमा अगाडी बढेको छ ।
संबैधानिक रुपमा गैरकानुनी मानिएपनि सामाजिक रुपमा अझै स्थापीत रहीरहेको जातिय बिभेदको अन्त्य गरी सामाजिक एकतायुक्त गाउँको परिचय दिन दुराडाँडामा सहभोजको आयोजना गरी सामाजिक क्रान्तिको शूरुवात गरेका हुन । शनिबार दलित र गैरदलित समुदायका व्यक्तिले एक साथ सहभोजमा सहभागी हुँदै दलितले छोएको खान नहुने रुढीवादी परम्परालाई तोडेका छन् ।
हलोक्रान्तिको नेतृत्व गरेका पण्डित तोयनाथ अधिकारीका कान्छा छोरा शशीकान्त अधिकारीको अगुवाईमा दुराडाडाँमा सामाजिक क्रान्तिसँगै सहभोज गरिएको हो । एउटै गाउँ । एकै धर्म र रहनसहन । तैपनि जातीय बिभेदले अझै नछाडेको लमजुङको दुराडाँडालाई अब जातीय एकता र धार्मिक सहिष्णुतायुक्त गाउँ बनाउने अभियान शुरु गरीएको अगुवा शशिकान्त अधिकारीले बताए । यो अभियानलाई गाउँलेले सामाजिक क्रान्तिको नाम दिएका छन् ।
ब्राम्हण, क्षेत्री र दलित समुदायका जन्मदेखि मत्युसम्मका अधिकाँश संस्कारहरु उस्तै भएपनि बिभेद भइरहँदा दलित समुदाय अन्यायमा परेको अगुवा अधिकारी बताउँछन् । ‘संस्कार र संस्कृतिमा भिन्नता नै देखिदैन,’ उनले भने,‘तिनको विधि र प्रकृया लिखित रुपमा दलित समुदायमा नपुगेकाले व्यवहारमा भने फरक देखिएको हो ।’ धर्म, संस्कृति, संस्कृति, रीतिरिवाज जानेका र बुझेकाले उनीहरुलाई नसिकाई दिएको र उनीहरु स्वयंबाट पनि यथोचित खोजी नभएकाले काम गराईमा अलमल देखिई बिभेद भएको उनी बताउँछन् ।
आफुहरु वर्षौंदेखि अपहेलना र विभेदको मारमा पर्दै आएको र संवैधानिक तथा राजनीतिक परिवर्तन भईसक्दा समेत त्यसका असरहरु बाँकी रहँदा दलित समुदायले परिवर्तनको अनुभुति गर्न नसकेको स्थानीय उत्तम बसेलले बताए । राणा शासनको अन्त्य नहुँदै हलोक्रान्ति सुरुवात भएकाले सहभोज जातिय विभेद विरुद्धको सवालमा महत्वपूर्ण प्रयास भएको बताए ।
सुन्दरबजार नगरपालिका ४ अर्चल्यानीकी चिजमायाँ परियार उमेरले ७० वर्षकी भइन् । उनी पहिलो पटक सहभोजमा सहभागी हुदाँ दङग परीन् । यसअघि गैरदलितले आयोजना गरेको भोजमा उनी सहभागी हुन त परको कुरा छेउमै बस्न पनि डराउथिइन् । कारण उनीलाई गैरदलितले झपारछन् भन्ने डर थियो । पहिले पहिले गाउँमा गैर दलितको विवाहमा जाँदा कित वारीको छेउमा वस्नुपथ्यो कित गैरदलित भन्दा पर बस्नुपथ्र्यो उनले विगत सम्झदै भनीन् समय फेरिएछ हामी दलितले पनि गैरदलितसँग सँगै खाना खाने अवसर पायौ । आइतमायाँ त उदाहरणीय पात्र मात्र हुन् ५१ वर्षिय सिता विककोे अनुभव नी फरक छैन । दलित जातकाले पकाएको खान त के कथित माथिल्लोे जातकालाई छुदा समेत छोइ छिटो हाल्ने चलन सम्झिदै सिताले भनीन् विगत सम्झीदा आफुलाई गैरदलितले गर्ने व्यावहारमा मानवता नभएको बताइन् ।
सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले जातिय भेदभाव न्यूनिकरणका लागि नगरपालिकाले नगरपालिकाका वडामा जातिय विभेद न्यूनिकरणका कार्यक्रम सञ्चालन गर्ने बताए ।

Back to top button