गोरखा जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने : खड्का

गोरखा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक सांसद चुडामणि खड्का (प्रकाश) ले जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने जानकारी दिएका छन् ।
पार्टी एकताले तलसम्म नपुगेका कारण प्रतिक्रियावादी सल्बलाउन थालेको भन्दै यो अवस्था धेरै समय नरहने बताए । गोरखाको पालुंगटार नगरपालिका वडा न ९ को वडा पार्टी कार्यलय उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सांसद खड्काले सरकारले अवलम्बन गरेको विकास र सम्बृद्धिको नारालाई गोरखाली जनताले हातेमालो गरेर सफल बनाउन पर्ने समेत बताएका छन् । त्यस्तै पालुंगटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले महिला हिंसा न्यूूनिकरणका लागि सवैले आ आफ्नो स्थानबाट जुटनुपर्ने बताएकी थिइन् । उनले गरपालिकामा भएको न्यायिक समितिको क्षेत्राधिकार, यसले गर्ने कार्य एवं हालसम्मका कार्यप्रगतीको विषयमा धारणा राखेकी थिइन् ।
वडा संयन्त्र सदस्य टेकबहादुर मल्ल को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चुडामणिा खड्का,विशेष अतिथि पम्फा बसेलको साथै नगर संयन्त्र सदस्य रामचन्द्र सेडाइ, मदन देवकोटा, चक्रबहादुर लामा लगायतले मन्तव्य राखेका थिए ।

Back to top button