आधारभूत कम्प्युटर तालिम शुरु

२२,मंसिर

तनहुँको व्यास नगरपालिका वडा नं. १० भित्र रहेका ५ वटा विद्यालयका शिक्षकहरुलाई आधारभूत कम्प्युटर तालिमको शुभारम्भ गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तालिमको शुभारम्भ गर्दै कम्प्युटर शिक्षा अबको आवश्यकता रहेको बताए । सो कार्यक्रममा वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटा, वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ, चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराम ढुंगाना, सर्वज्योति मा.वि.का अध्यक्ष मदन तिमल्सेना, चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र पोखरेल (आर.सि.), सर्वज्योति मा.वि.का प्र.अ. कश्यपराज कट्टेल, तिर्थराज परियार, लगायतकाले शिक्षा क्षेत्रमा जोड दिएका थिए । २ महिने सो तालिममा ६२ जना शिक्षकहरुको सहभागिता रहेको छ । कम्प्युटरमा दक्ष बनाइ शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले शिक्षकहरुलाई उक्त तालिम दिन लागिएको हो । बिग कम्प्युटरका संचालक सुशिल श्रेष्ठ र चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले सहभागी शिक्षकहरुलाई तालिम दिने छन ।

Back to top button