आँबुखैरेनी, १७ मंसिर । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई समितीको २३ औं साधारण सभा आज सम्पन्न भएको छ । समितीका अध्यक्ष कृष्णमान तामाङ्गको सभापतित्व तथा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको प्रमुख आथित्यतामा समितीको २३ औं साधारण सभा सम्पन्न भएको हो । आँबुखैरेनी बजार ईकाई समितीको सभाहलमा सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले कर कार्यालयमा व्यापारीहरुले झेल्नुपर्ने प्रत्येक समस्यालाई समाधान गर्ने बताउनुभएको छ । व्यापारीहरुले कर कार्यालयमा कर तिर्दा ट्याक्स र भ्याटका अनावश्यक झण्झड अब नहुने श्रेष्ठको भनाई रहेको छ । यस्तै, उहाँले तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाई समितीको माथिल्लो भागमा कुनै पनि कार्यक्रम गर्नका लागि स्टेज निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको छ । समितीका कोषाध्यक्ष गोविन्द श्रष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा समितीका सचिव काजी थापाले प्रगती प्रतिवेदन प्रस्तुत तथा कार्यक्रम संचालन गर्नुभएको थियो ।
Related Articles

चिनियाँ प्रयोगशालामा यसरी बनेको रहेछ कोरोना भाइरस
२०७७, १० बैशाख बुधबार २०:१७

टाेकियाेबासीलाई घरभित्रै बसेर काम गर्न सरकारकाे अनुराेध
२०७६, १६ चैत्र आईतवार २२:१९

” पालुङटार सामुदायिक विद्यालय ब्यस्थापन समिति महासँघ ” गठन
२०७५, ११ चैत्र सोमबार ११:५२

गण्डकी प्रदेशको निर्ब्याजी कर्जाको अाबेदन दिने म्याद चैत ६ सम्मका लागि थप
२०७७, २९ फाल्गुन शनिबार २१:४४

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आवास गृह बनाउँदै
२०७७, ७ असार आईतवार २०:१३

बरादीमा करेन्ट लागेर एक बृद्ध महिलाको ज्यान गयो ।।
२०७७, १८ असार बिहीबार ०४:५८