गोरखा । गोरखाको पालुङटार नगरपालिका-२ जादै गरेका एक युवामाथि हातपात भएको छ ।
बुधबार राती करिब ९ : ३० बजेतिर तनहुँको डुम्रेबाट घर फर्कदै गरेका युवा प्रकाश न्यौपानेलाई पालुङटार-५ का ३/४ जनाको समूहले हातपात गरेका हुन् ।
डुम्रेबाट गोरखा (घर) फर्कदै थिए चिनेका दाईहरुले लिगलिग भ्यु हाेटल बोलाउनु भयो गए एक छिन कुराकानी गरेपछि त हामीले भनेको नमान्नी भन्दै पिट्न थाले पिडित न्यौपानेले बताए ।
पिडित न्यौपानेले कुटपिट संलग्न भएको भन्दै प्रेम गुरुङ , राजन सुनार, खुसी तामाङ, बिजय सुनारका विरुद्घ प्रहरीमा किटानी दिएको समेत जानकारी दिए ।
इलाका प्रहरी कार्यालय ठाटीपोखरी गोरखाले हातपात गर्ने समुहको खोजि कार्य जारी रहेको बताएको छ । पछिल्लो समय पालङटार-५ को ठाटिपोखरीमा गुण्डा गर्दी मौलाएको भन्दै स्थानीय समेत त्रशित भएका छन् ।
सामाजिक पत्रबाट साभार