वडाध्यक्ष प्रजामाथि बोक्सा भन्दै कुटपिट जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाको २ नम्बर वडाका अध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयहरुको एक समूहले बोक्सा भन्दै कुटपिट गरेको छ ।

स्थानीय युवाहरुको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गर्दै मानव जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने प्रयास समेत गरेको छ ।

शनिबार साँझ उत्तरकुमार गुरुङ, बिर्खबहादुर गुरुङ लगायतका व्यक्तिको समूहले वडाध्यक्ष प्रजामाथि कुटपिट गरी बोक्सा भएको भन्दै जुत्ताको माला लगाइ मानव मलमुत्र खुवाउने खोजेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै उत्तरकुमार गुरुङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको छ ।नेपाली कांग्रेसका स्थानीय कार्याकर्ताले वडा कार्यालयमा तालावन्दी लगाएपछि उत्पन्न विवादका बीच वडाध्यक्ष प्रजालाई कुटपिट गरी मानव मलमुत्र खुवाउने प्रयास भएको हो ।

कांग्रेस कार्यकर्ताले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडा कार्यालयको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker