काँग्रेस नेता उड बहादुर आले ४ दिनदेखि वेपत्ता

 

मदन वाग्ले

दमौली÷८,मंसिर

तनहुँको व्यास नगरपालिका १३ निवासी काँग्रेस नेता उड वहादुर आले ४ दिनदेखी वेपक्ता भएका छन् । साविक काहुँ शिवपुर गाविसका उपाध्यक्ष समेत रहेका आले वाख्रा चराउन जादा जंगलवाटै वेपक्ता भएका हुन् । आले वाख्रा चराउन जादा जंगलवाटै वेपक्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले वताए । एक महिलासगै वाख्रा चराउन गएका आले वुधवार दिउसो साढे ३ वजे सम्म सम्पर्कमै रहेको गाउलेहरुले वताए । वाख्रा चराउदा जंगलमा माथी पट्टी वसेर उनि तलको ती महिलाले वाख्रा घर ल्याउने वेला वोलाउदा वोलीरहे पनि पछि घर नफर्के पछि खोजी तिव्र पारिएको थियो । प्रहरी, गाउले र तालिम प्राप्त कुकुरको सहयोगमा उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका इन्चार्ज एवं प्रहरी निरीक्षक विकास थापाले वताए । उनि हराएदेखी नै प्रहरी, गाउले र तालिम प्राप्त कुकुरले खोजी तिव्र वनाएको जानकारी प्रनी थापा दिए । उनि हराएको ठाउँ नजिकैवाट चप्पल, खुर्पा र घडी फेला परे पनि आलेलाई फेला पार्न नसकिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए । शनिबार पनि २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले आलेको खोजी गरिरहेको छ प्रहरी उपरीक्षक शाहले भने । व्यास नपा वडा नं. १३ का वडा सदस्य लक्ष्मीकान्त मिश्रले पनि ठूलो संख्यामा गाउँलेहरु आलेको खोजीमा लागिरहेको बताए । पुर्व प्रहरी हवल्दार एवं काँग्रेसका सक्रिया नेता आलेको खोजीका लागी जुट्न सवैमा आग्रह गरिएको वडा नं. १४ का अध्यक्ष काजीमान श्रेष्ठले वताए । केही वर्ष अघि सोही जंगलमा बाख्रा चराउन जाँदा कतिपय व्यक्तिहरुलाई झाँक्रीले लैजाने गरेको र पछि ती व्यक्ति फर्केर आउने गरेको समेत केही गाउँलेहरुले बताएका छन । ती गाउँलेले आलेलाई पनि त्यस्तै भएको हो कि भन्ने अनुमान समेत लगाउन थालेका छन ।

Back to top button