तनहुँमा २७ पुरुषले गराए सम्वन्ध विच्छेद मुद्धा दर्ता

तनहुँ कात्तिक

तनहुँ जिल्ला अदालतमा नयाँ मुलुकी देवानी (सहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (सहिता) ऐन २०७४ लागु भएपछि हालसम्म २७ पुरुषले सम्वन्ध विच्छेद सम्वन्धी मुद्धा दर्ता गराएका छन् । नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ लागु भएपछि पुरुषले समेत अदालतमा आएर सोझै सम्वन्ध बिच्छेद सम्वन्धी मुद्धा दर्ता गर्न पाउने भएपछि पुरुषहरुले समेत मुद्धा दर्ता गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

नयाँ मुलुकी संहिता लागु भएपछि भदौ, असोज र कात्तिक १४ सम्ममा कुल २७ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराएको जिल्ला अदालत तनहुँले जनाएको छ । हालसम्म तनहुँमा पुरुषको तुलनामा महिलाले नै बढि सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार सुर्दशन खनालले जानकारी दिए । ‘पुरुषको तुलनामा महिलाले नै सम्वन्ध विच्छेदको मुद्धा बढि दर्ता गराएको अवस्था छ, पुरुषको संख्या पनि कम नभएको श्रेस्तेदार खनालको भनाई छ । ‘यसभन्दा अगाडी साविक मुलुकी ऐनको व्यावस्था अनुसार पुरुषहरु सिधै सम्वन्ध विच्छेद को लागि मुद्धा दर्ता गराउन पाउने अवस्था थिएन, नयाँ मुलुकी देवानी (संहिता) ऐन २०७४ आएपछि यो व्यावस्था सुरु भयो,’ उनले भने ।

तनहुँ जिल्ला अदालतमा नयाँ मुलुकी तथा देवानी सहिता आएपछि सम्वन्ध विच्छेदको मुद्धाको चाप बढेको अदालतका श्रेस्तेदार खनाललको भनाई छ । ‘सम्वन्ध विच्छेद सम्वन्धी मुद्धामा गतवर्षहरुवाटै चाप हो नयाँ मुलुकी संहिता लागु भएपछि झनै चाप बढेको छ,’ उनले भने, ‘पहिला पुरुषले सोझै रुपमा अदालतमा आएर सम्वन्ध विच्छेद सम्वन्धी मुद्धा दर्ता गराउने व्यावस्था थिएन अहिले भने सोझै दता गराउने व्यावस्था भएपछि भने पुरुषहरुले समेत सम्वन्ध विच्छेद गर्न चाप बढेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा तनहुँमा कुल दुई सय ९० जनाले सम्वन्ध विच्छेदको मुद्धा दर्ता गराएकोमा आथिक वर्ष ०७५/७६ को साउन, भदौ, असोज र कात्तिक १४ गते सम्ममा महिला र पुरुष गरि एक सय ३७ जनाले सम्वन्ध विच्छेद सम्वन्धी मुद्धा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ ।

हाल दैनिक दुई देखि तिन वटाका दरले सम्वन्ध विच्छेदको मुद्धा दर्ता हुने गरेको श्रेस्तेदार खनालले जानकारी दिए ।

Back to top button
Skip Add
Close