आमा बाबुको सम्झनामा दुई आश्रमलाई खाद्यान्न सहयोग

दमौली, २६ कात्तिक

म्याग्दे गाउँपालिका–२ जामुनेका अधिकारी परिवारले आमा र बाबुको सम्झनामा दुई आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । जामुनेका लक्ष्मण अधिकारी, तेज बहादुर अधिकारी, गणेश बहादुर अधिकारी, रामबहादुर अधिकारी र बेल बहादुर अधिकारीले बाबु गोथबहादुर तथा आमाहरु छलिमाया र लिलामायाको सम्झनामा आश्रमलाई सहयोग गरेका हुन् ।

अधिकारी परिवारले व्यास–५ चापाघाट स्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रम र व्यास–५ कै बेनीपाटन स्थित परोपकार ज्येष्ठ नागरिक चौतारी बृद्ध आश्रमलाई खाद्यान्न सामग्री सोमबार हस्तान्तरण गरेको हो ।

दुवै आश्रमलाई अधिकारी परिवारले चामल, दाल, आलु, तेज लगायतका खाद्यान्न सामग्रीहरु सहयोग गरेको बताइएको छ । गोथबहादुुर अधिकारीका छोराहरु र बुहारीहरु चिुनमाया, मिठुमाया, नाति लिलबहादुर नातिनी पार्वती अधिकारी लगायतको अधिकारी परिवारले वेदव्यास आश्रमका सदस्य आशा बानिया र परोपकार आश्रमका उपाध्यक्ष सुवेदार बलबहादुर रानाभाटलाई एक कार्यक्रमका विच सामग्री हस्तान्तरण गरेको आश्रमले जनाएको छ । सोमबारको खाजा समेत अधिकारी परिवारले खुवाएको आश्रमले जनाएको छ ।

Back to top button