देउसीभैलोकाे रकम उठाउने लक्ष्य

दमौली

राधा माधव समितिद्वारा देउसीभैलोबाट १० लाख उठाउने लक्ष्य

तनहुँको व्यास नगरपालिका ३ शान्तिनगरमा रहेको राधा माधव समितिको अधुरो भवन पूरा गर्न समितिले देउसीभैलो कार्यक्रम संचालन गरेको छ । तिहारको अवसर पारी देउसीभैलो कार्यक्रम संचालन गरिएको समितिकी उपसंयोजक चिनु पोख्रेलले बताइन । देउसीभैलोबाट १० लाख उठाउने लक्ष्य छ उनले भनिन । २ दिनमा २ लाख बढी रकम जुटिसकेको दावी पोख्रेलले गरिन । देउसी भैलो कार्यक्रममा समितिमा आबद्ध ५० जना व्यक्तिहरु सहभागी रहेका छन । वडा नं. २, ३ र ४ मा देउसीभैलो खेलिने समितिका पदाधिकारीहरुले बताए । राधा माधव समितिको भवन १ करोडको लागतमा निर्माण हुने इष्टुमेट तयार भएपनि देउसीभैलोबाट १० लाख उठाउने लक्ष्य राखिएको र बाँकी रकम विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, व्यक्तिहरुबाट सहयोग माग गरिने समितिले जनाएको छ ।

मगर सुधार समितिद्वारा पनि देउसीभैलो खेल्न सुरु,५ लाख उठाउने लक्ष्य

तिहारको अवसर पारी मगर समाज सुधार समिति तनहुँले देउसीभैलो खेल्न सुरु गरेको छ । ४ दिनसम्म देउसीभैलो खेलिने समितिका अध्यक्ष पूर्णबहादुर थापाले बताए । देउसीभैलोबाट ५ लाख रुपैयाँ उठाउने लक्ष्य लिएका छौ उनले भने । संकलित रकमबाट मगर संस्कृतिको संग्रहालय निर्माण गर्ने लक्ष्य लिइएको उनले बताए । परम्परागत संस्कृतिको जगेर्ना गर्ने र संग्रहालय समेत निर्माण गर्ने लक्ष्य हाम्रो हो उनले भने । व्यास नगरपालिकाको वडा नं. १, २, ३, ४ र १० मा देउसीभैलो खेलिने समाजले जनाएको छ । समाजमा आबद्ध २ सय ५१ घरधुरीका व्यक्तिहरु देउसीभैलो कार्यक्रममा सहभागी भएका छन । समाजका सल्लाहकार यामबहादुर आले, खिलबहादुर थापा, खड्कबहादुर आले, विष्णु राना, काशी राना, समितिका सचिव लिलबहादुर थापा लगायतका व्यक्तिहरु देउसीभैलो कार्यक्रममा सक्रिय भएर लागिरहेको बताइएको छ । ४ दिन मात्र देउसीभैलो खेल्ने उनीहरुले बताए । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म निश्चित समय निर्धारण गरी समितिमा आबद्ध व्यक्तिहरुलाई देउसीभैलो कार्यक्रममा सहभागी गराइएको छ ।

Back to top button