गोरखा आउँदै गरेको बस दुर्घटनामा घार्इते हरूकाे नामावली

 

गाेरखा- तनुहँकाे आबुखैरेनीबाट गोरखा आउँदै गरेको ना ३ ख ७५४४ नं को बस दुर्घटनामा परेकाे छ । गोरखा नगरपालिका-११ तेह्रकिलोमा बस दुर्घटनामा परेको हाे।  दुर्घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ भने गम्भीर घाइतेको अन्यत्र रिफर गर्ने तयारी भएको छ। एम्बुलेन्स समयमै उपलब्ध हुन नसक्दा घाइतेको उद्धारमा समस्या भएको छ।

बस यात्रुले खचाखच भरिएको र तिव्र गतीमा रहेको यात्रुले बताएका छन्। बसका चालक र सहचालक भने घटनापछि फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ। बस सडकबाट करिब ५० मिटर तल खसेकाे थियाे।

घाइते भएकाहरुमा गोरखा नगरपालिका ६ छहरे निबासी सरिता बिक, गोनपा ६ हरमटारीकी कल्पना राना र बुधबहादुर राना, धार्चे गाउँपालिका २ की जिया गुरुङ, जमुना गुरुङ र जेशिला गुरुङ, घ्याल्चोक गाउँपालिकाका आकृति तिमिल्सिना र आयुश तिमिल्सिना रहेका छन् ।

त्यस्तै, आरुघाट गाउँपालिका केउरेनी निबासी मनकुमारी आले, गोरखा नगरपालिका ५ काफलघारी निबासी दिलबहादुर राना, गोनपा ६ अस्पतालमार्ग निबासी सुनिता अर्याल, पालुङ्टार ८ गौलीटार निबासी सबिता पाठक, गोनपा ६ हरमटारी निबासी अनु श्रेष्ठ, भीमसेन गाउँपालिका १ निबासी प्रकास नेपाली छन् ।

Back to top button