
रविन्द्र कंडेल, कार्तिक १८
गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ मा आज जनप्रतिनिधी, प्रहरी एवं सर्वसाधारणको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको छ । अस्थायी प्रहरी पोष्ट बिरुवाटारको आयोजनामा वडा कार्यालय बिरुवाटारमा भएको छलफल कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल तथा अन्य जनप्रतिनिधीहरु, अस्थायी प्रहरी पोष्ट च्याङ्लीका इन्चार्ज मदन आचार्य, वडा नं. ७ तथा ८ का टोलविकासका प्रतिनिधीहरु एवं सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नजिकिँदै गरेको दिपावली तथा अन्य चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधी तथा जुवातास नियन्त्रणका लागी के कसरी अघि बढन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो । तिहारमाक खेलिने भैलो कार्यक्रमलाई पनि मर्यादित र अनुशासित बनाउँदै परम्परा जोगाउनुपर्नेमा समेत सो अवसरमा बताइएको थियो । राती ११ बजेभन्दा पछि देउसी भैलो कार्यक्रम नगर्ने र जुवातास बन्द गर्न र मदिराको प्रयोगालाई नियन्त्रण गर्नसमेत सो अवसरमा प्रहरी पोष्ट बिरुवाटारका इन्चार्ज मदन आचार्यले सवैसंग आग्रह गर्नुभएको थियो ।