“यौनजन्य हिंसा, अनुसन्धान, र न्याय“ बिषयक अन्तरक्रिया सम्पन्न ।

काठमाण्डाै,

केही समययता मुलुकका बिभिन्न स्थानमा वालिकाहरु यौनजन्य हिंसामा परि ज्यान गुमाई रहेका छन । बालिकाहरुको संरक्षण चुनौतिका रुपमा अगाडी आईरहेको अवस्था छ । अनुसन्धान बिश्वासिलो हुन सकेको छैन । बालबालिकाहरुको जीवन र अस्मीतको रक्षाकालागि नागरिक खबरदारी, दवाब र बिभिन्न निकाय बिच सहकार्य आवश्यक देखिएको हुदा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको आयोजना एवं शान्ति र बिकासका लागि नागरिक समाजको सहकार्यमा आज काठमाडौमा “यौनजन्य हिंसा, अनुसन्धान, र न्याय“ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मा. काशी राज दाहालले कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी उपसभामुख मा. डा. शिवमाया तुम्बाहाङ्फे, नेपाली काग्रेसका नेता मा. राधेश्याम अधिकारी, नेकपाका नेता मुक्ति प्रधान, अधिकारकर्मी भारती सिल्वाल गिरी, NHRC सदस्य मा. मोहना अन्सारी, गृहमन्त्रालयका उप सचिव शम्भु प्रसाद मरासिनी, DIG बिनोद शर्मा घिमिरे, इन्हुरेडका अध्यक्ष डा. गोपाल कृष्ण सिवाकोटी, डा. सुन्दरमणी दीक्षित, प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल, सस्थापक अध्यक्ष कृष्णप्रसाद भण्डारी, प्रा. डा. सुरेन्द्र केसी ले सम्बन्धित बिषयमा बिचार राख्नु भएको थियो भने खुला छलफलमा प्रा. कपिल श्रेष्ठ, मेनका श्रेष्ठ , अमृता लम्साल, दिनेस त्रिपाठी, शान्तलाल मुल्मी, बिए कुमार शर्मा ,सृजना पोखरेल, कल्पना धमला, बद्री पुन, पम्फा परियार, गिता नेउपाने, नरेन खतिवडा, गणेश बिक, देबेन्द्र अधिकारी ,निम्लेकी शेर्पा ,बिपि अधिकारी, देबिका तिमिल्सिना, दान बा. बुढा र कृष्ण प्रसाद सिवाकोटी समेतले बिचार राख्नु भएको थियो । प्रतिष्ठानका महासचिव हरीचन्द्र भट्टराईले सन्चालन गर्नु भएको कार्यक्रममा १४५ जनाको सहभागीता रहेको थियो । ब्यापक छलफल भएको यो संबेदनसिल बिषयमा राज्य संबेदनसिल हुन नसकेको, बालिकाहरुको जिवनरक्षाका लागी सबै पक्ष एक भएर सहकार्य गर्न पर्ने, अपराधीहरुलाई राजनितिक एवम पदिय सम्रक्षण हुन नहुने, अनुसन्धान बैज्ञानिक र बिस्वासिलो बनाउनु पर्ने, शान्ती सुरक्षाको उचित वातावरण बनाउनु पर्ने, उचित स्थानमा योग्य र ईमान्दार व्यक्तिको चयन हुनुपर्ने, उचित वातावरण सृजना गर्नु पर्ने, चेतनामुलक अभियान सन्चालन गर्ने र पाठ्यक्रममै याैन शिक्षा समावेश गर्नु पर्ने जस्ता सुझाव प्राप्त भएका छन । साथै कंचनपुरमा बालिका निर्मला पन्तको हत्या भएको १०० दिन पुगि सक्दा समेत हत्यारा पत्ता नलागेको र घटनाको प्रमाण नस्ट गर्न प्रहरी नै सम्लग्न भएको र राज्य यस्तो गम्भिर बिषयमा संबेदनसिल नभएको प्रती सहभागीहरुले आक्रोस व्यक्त गर्दै अबिलम्ब सत्य तथ्य जन समक्ष लियाउन माग गरेका छन भने प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले निर्मला हत्यामा सम्लग्नलाई पत्ता लगाई कानुनी दायरामा लियाएरै छाड्ने बताएका छन ।

Back to top button
Skip Add