

गाेरखा, १२, कात्तिक
गोरखा पालुङ्गटार नगरपालिका–८ लामाचौर स्थित एकता बाल क्लवलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ । एकता बाल क्लवको चाहना, दिर्घायु र स्वस्थ जीवनको कामना भन्ने नाराका साथ लियो क्लव अफ काठमाडौँ छाब्दी बाराहीको संयोजनमा उक्त तालिम प्रदान गरिएको हो ।
पालुङ्गटार–८ का वडा अध्यक्ष शंकरराज कँडेलले बालबालिकाको विकासका लागि यस्ता नेतृत्व विकासका साथै क्षमता बृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । कँडेलले वडाले बालबालिकाहरुका लागि बजेट विनियोजन गरेको बताउँदै नयाँ कार्यहरु अझै ल्याउने बताए ।
एकता बाल क्लवका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त तालिममा लियो क्लव अफ काठमाडौँ छाब्दी बाराहीका सचिव जोशन श्रेष्ठ, ने.क.पा. पालुङ्गटारका खोप बहादुर कँडेल, साना किसान सहकारी संस्थाका अध्यक्ष एवं क्लवका सल्लाहकार देवी नहर्की ले बोलेका थिए । उक्त तालिम लियो क्लव अफ काठमाडौँ छाब्दी बाराहीका सचिव जोशन श्रेष्ठले प्रदान गरेका थिए । उक्त तालिम अकला सहकारी संस्था र लियो क्लव अफ काठमाडौँ छाब्दी बाराहीको सहयोगमा प्रदान गरिएको हो ।