आँबुखैरेनी, कार्तिक १३ गते । श्री कृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रम आँबुखैरेनी–३, तनहुँले बृहत १०८ पाठ पारायण एवं साप्ताहिक भागवत् ज्ञान महायज्ञ गर्ने भएको छ । यही फागुन ७ गते देखि फागुन १३ गते सम्म मन्दिर परिसरमा १०८ पाठ पारायण एवं साप्ताहिक भागवत् ज्ञान महायज्ञ गर्न लागिएको आश्रम संचालक समितीका अध्यक्ष ढलक बहादुर अधिकारीले जानकारी दिनुभएको छ । श्री कृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रमको २५ औं वर्ष पूरा भएको अवसरमा रजत महोत्सव र हिन्दु धर्मका संरक्षक श्री महामती प्राणनाथ बुद्ध निष्कलङ्क प्रकटय चतुर्थ सताब्दी महोत्सव वर्ष समेत परेकोले सो बृहत धार्मिक कार्यक्रमको आयोजना गरिएको अधिकारीको भनाई रहेको छ । सो धार्मिक कार्यक्रममा विभिन्न देशमा भागवत गर्दै हिड्नुभएका १०८ भागवतचार्य श्री टहल किशोर जी महाराजको मुखार बिन्दुबाट संगितमय प्रर्वचन दिनुहुने भएको मूल आयोजक समितीले जनाएको छ । साथै, आयोजकले बृहत १०८ पाठ पारायण एवं साप्तिाहिक भागवत् ज्ञान महायज्ञको तयारी तिब्र पारेको छ ।
Related Articles

रुकुम घटनामा बेपत्ता शाहीको पनि शव भेटियो, मृत्यु हुनेकाे संख्या ६ पुग्याे
२०७७, २० जेष्ठ मंगलवार २१:२४


काेराेनाका कारण हाेटल व्यवसायीले मागे व्याज छुट
२०७६, ३ चैत्र सोमबार २१:३७


तनहुँको दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने सांसद श्रेष्ठको घोषणा
२०७६, २२ चैत्र शनिबार १२:०५


शब्दकोषमा ९० हजार शब्द थपिदै
२०७६, २८ श्रावण मंगलवार ०५:४४


शहिदलखन गाउँपालिकाद्वारा मानवसेवा आश्रम र रेडक्रसलाई आर्थिक सहयोग
२०७६, १ पुष मंगलवार १५:४६


च्याङ्लीमा मंसीर ८ गते पवनले धुलाे उडाउने
२०७८, ६ मंसिर सोमबार २०:२८