रोग लुकाउँछन् एड्स सङ्क्रमित

अमरराज नहर्की
तनहुँ , कात्तिक १2 गते । एचआईभी एड्स रोगबाट सङ्क्रिमत हुनेहरुले रोग लुकाउने गरेको पाईएको छ । हेंला हुने डरले गर्दा रोग लागेको बारे समाजमा खुलेर भन्न नसकेको सो रोगीलाई सहयोग गर्दै आएको कम्युनिटी सर्पोट गु्रप तनहुँले जनाएको छ ।
सप्रोट गुप्रले विभिन्न समयमा गरेको तथ्याङ विश्लेषण तथा अनुसन्धानबाट आधा बढीले समाजमा लुकेर बसेको अनुमान गरिएको कम्युनिटी सर्पोट गु्रप तनहुँका कार्यक्रम संयोजक श्रीराम कँडेलले जानकारी दिनु भयो ‘ जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार तनहुँमा ४ सय ३५ जना एचआईभी सङ्क्रमित रहेका छन् तर २ सय ७३ जना मात्र हाम्रो सम्पर्कमा छन् यसबाट समाजमा लुकेर बसेको प्रष्ट हुन्छ’– कँडेलले भन्नु भयो ।
सर्पोट ग्रुपले एचआई एड्स सक्रमितलाई समाजमा पुर्नस्थापित गराउने , स्वास्थ्य परिक्षण तथा औषधी सेवनका लागि मद्धत गर्ने , रोगको बच्नको लागि जनचेतना जगाउने जस्तो कार्य गर्दै आईरहेको छ । कतिपयले रोग लागेको चाल पाउँछन् भन्ने डरले रोग लुकाउने र डाक्टरको सम्पर्कमा पनि अनाउने गरेकोले चाँडै नै मृत्युको मुखमा पुग्नु परेको गु्रपले जनाएको छ ।
ग्रुपका अनुसार ‘नियमिमत औषधी सेवन गर्ने हो भने दिर्घायु भएर बाँच्न सकिन्छ भन्ने चेतना भए पनि समाजमा छि ःछि ः र दुर÷दुर गर्ने भयले गर्दा रोग लुकाउने गरेका छन् । चेतना मुलक कार्यक्रममा हरेक समाजमा पु¥याएर रोगीको सङ्ख्या न्यूनिकरण गर्न उनिहरुलाई समाजमा स्थापित गर्न जरुरी रहेको गु्रपले जनाएको छ ।
१२ हजार कण्डम वितरण
यसैबीच २४ औं राष्ट्रिय कण्डम दिवसको उपलक्ष्यमा तनहुँको सदरमुकाम दमौलीको सार्वजानिक ठाउँबाट कण्डम वितरण गरिएको छ । सोही अवसरमा कण्डमको सही प्रयोग गर्ने तरिका र फाईदाबारे पनि चेतना दिईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र कम्युनिटी सर्पोट गु्रप तनहुँको सयुक्त आयोजनमा कार्यक्रम गरिएको हो । दमौली बजारको भोर्लेटारचोकमा शनिबार विहानैबाट गरिएको कार्यक्रमबाट १२ हजार वटा कन्डम वितरण गर्नुका साथै कन्डमको प्रयोग गर्नुको फाईदा र प्रयोग तरिका बारे जानकारी दिईएको कम्प्युनिटी सर्पोट गुु्रप तनहुँका कार्यक्रम संयोजक श्रीराम कँडेलले जानकारी दिनु भयो ।

Back to top button