
तनहुँ
प्रहरीले ठुलो परिणाममा विष्फोटक पद्धार्थ मगाउने एक महिलालाई पक्राउ गरेको छ । तिहारलाई लक्षित गरी विक्री गर्ने उद्धेश्यका साथ पटका मगाउने तनहुँको आबुँखेरेनी गाँउपालिका –२ बिचबजार वस्ने वर्ष ४२ की चिजकुमारी रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिनु भयो ।
डिएल ४ सिएस ३११५ नम्बरको भारतीय कारबाट ६५ पोका पटका सहित पक्राउ परेका पर्साको विरगंज महानगरपालिका–१३ निवासी वर्ष २२ का सुमितकुमार सिंहलाई अनुसन्धान जारी रहेको अवस्थामा रिजालले मगाएको अनुसन्धानबाट खुलेकोले पक्राउ गरिएको डिएपी अर्यालले जानकारी दिनु भयो । प्रहरीका अनुसार असोज २९ गते आँबुखैरेनीबाट विष्फोटक पद्धार्थ सहित पक्राउ परेका सिंहलाईं अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान गरिएको थियो ।
ति महिलाले दिपावली पर्वलाई लक्षित गरी बिक्री वितरण गर्ने उद्देश्यले भारत रक्सौलबाट भारतिय रुपैया १० हजार बराबरको अवैध आतिसवाजी पटकाहरु मगाएको भन्ने अनुसन्धानबाट खुल्न आएकोले तनहुँ जिल्ला अदालतबाट शुक्रबार म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ