शिक्षक न्यौपाने बने घाँसी

अमरराज नहर्की
अम्बोटे , तनहुँ , काक्तिक ६ गते । तनहुँको भानु नगरपालिका–२ अम्बोटे निवासी शिक्षक युदनाथ न्यौपानेलाई अचेल धेरैले ‘घाँसीसर’ भनेर चिन्छन् अनि बोलाउँछन् । काकाकुल जीवन विताईरहेको अम्बोटेका वासिन्दालाई शिक्षक न्यौपानेले कुवा खनेर पानीको व्यवस्था गरेपछि नाम परिवर्तन गरी घाँसीको संज्ञा दिएका हुन् । शिक्षक न्यौपाने सो ठाउँस्थित हिमालय माध्यामिक विद्यालयको विज्ञान शिक्षक हुनुहुन्छ । शिक्षक न्यौपानेले तीन महिना अघि असार देखि कुवा बनाई अम्बोटेवासीलाई पानी खुवाउनु भएको छ ।
न्यौपानेले पानीको व्यवस्था गरेपछि काकाकुल जीवन विताईरहेका अम्बोटेका वासिन्दालाई पिउने पानीको लागि सहज भएको छ । डुम्रे–भन्सार नगरविकास समितिका अध्यक्ष तथा युनेस्को क्लबका नेपाल च्पाप्टरका अध्यक्ष आनन्दराज त्रिपाठी शिक्षक न्यौपानेको मेहनत र कामको प्रशंसा जति गरे पनि कमिहुने बताउनु हुन्छ ।‘ उहाँले गुर्न भएको योगदान स्थानीय वासिन्दामात्रै नभई सबैले साथ दिनु पर्छ उहाँले समाजमा नयाँ गति र दिशा दिन्छ ।’अध्यक्ष त्रिपाठीले बताउनु भयो ।
साथै अध्यक्ष त्रिपाठी उहाँको योगदानमा आफ्नो साथ र सहयोग रहने बताउनु हुन्छ । भानु नगरपालिका –२ का वडाध्यक्ष अर्जुन खड्का शिक्षक न्यौपानेले उदाहरणीय काम गरेको बताउनुहुन्छ । प्रकृति स्वच्छ बनाऔ , प्लाष्टिक नफालौं र नबालौं , बोट विरुवा लगाऔं , हरियाली बनाऔं , विकास निमार्णका संरचना बनाउँदा पनि प्रकृतिलाई ध्वस्त नबनाउन भन्ने अभियान शिक्षक न्यौपानले सञ्चालन गरिरहनु भएको छ । उहाँले इभोन्टियर मार्पmत अभियान सञ्चालन गरिरहनु भएको छ ।
काकाकुल जीवन बिताईरहेका स्थानीय वासिन्दाले पानी पाएपछि खुसी छाएको स्थानीय आर्दश युवा क्लबका सचिव तथा पूर्व वडा संयोजक भक्तबहादुर कुँवर ‘शंकर’ बताउनुहुन्छ । होरालो शारदा सदन माध्यामिक विद्यायल व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर घिमिरेले जनसङ्ख्याको बृद्धिले खानेपानीको समस्या भईरहेको बेला चिसो मिठो पानी पाउँदा सबैले भानुभक्त आचार्यलाई प्रेरणा दिने घाँसीलाई सम्झेर धेरैले घाँसीसर भनेर चिन्ने गरेको जानकारी दिनु भयो । स्थानीय विष्णुमाया अधिकारीले एक महिना खनेर सुरुङ बनाएर ज्यानै जोखिम लिएर पानीको कुवा बनाएर पानी खुवाएको जानकारी दिनु भयो । सेवा नै धर्म हो भन्ने मान्यतालाई सार्थकता दिन आफ्नो बारीमा मूल भए पनि कुवाको पानी सङ्कलन गरी सबैको लाभको लागि पाईप विच्छाएर सार्वजानिक बाटोमा लगेर छाडेको बताउनु भयो । सृजनशिल शिवालय टोलविकास सस्थाका अध्यक्ष केदार न्यौपानेले अम्बोटे वासी सो वडाको सबै भन्दा काकाकुल जीवन विताईरहेको बेला शिक्षक न्यौपानेले कुवा बनाएर पानी वितरण गरेको समाजको लागि योगदान दिनुपर्छ भन्ने भावाना पैदा गराएको बताउनुहुन्छ । शिक्षक न्यौपानेले बनाएको कुवाबाट आधाइन्च पानी नियमित आईरहेको छ । कुवाभित्र करीव एक हजार पाँचसय लिटर पानी अट्ने ठाउँ बनाएर करीव ५० मिटर तल पाईपबाट सार्वजानिक बाटो मुनी पानी लगि छाडिएको छ । सो पानी बाट हाल स्थानीय ५० घरका बासिन्दा लाभान्वित भएको सृजनशील शिवालय टोल विकास सस्थाले जनाएको छ ।

Back to top button