पालुङटार नगरपालिका वडा नं ४ मा कार्तिक १९, २० र २१ गते दोस्रो वडा कप २०७५ हुने

गाेरखा, असाेज २९

शुभ दिपावली २०७५ को पावन अबसरमा पालुङटार नगरपालिका वडा नं ४ को आयोजनामा यहि कार्तिक १९, २० र २१ गते दोस्रो वडा कप २०७५ वडा नं ४ को सापकोटाटार खेलकुद मैदानमा हुने भएको छ । वडा नं ४ भित्रका विभिन्न आबद्ध क्लवहरू बीच प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा उक्त वडाका उत्कृष्ट खेलाडीहरू छनाैट गरि वडा नं ४ को एउटा उत्कृष्ट टिम तयार पार्ने वडा अध्यक्ष ठाकुरकान्त रानाभाटले बताउनुभयो साथै गत बर्ष आयोजना गरिएको प्रथम वडा कप २०७४ मा सहभागी १२ वटा क्लवलाई प्रोत्साहन स्वरुप खेलकुद सामाग्रीहरु बितरण गरिने बताउनुभयो । गत बर्ष प्रथम संस्करणको उपाधि आदर्श युवा परिवार नयाँगाउँले जितेको थियो र यस बर्षको प्रतियोगिताको संयोजनमा एकता युवा क्लव र प्रबर्द्धनमा गोरखा जिल्ला फुटबल संघ रहने वडा अध्यक्ष ठाकुरकान्त रानाभाटले बताउनु भयो ।

Back to top button
Skip Add