नगरपालिकामा ५० जना मेलमिलापकर्ता तयार

नेपालको सविधान २०७२ तथा स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरपालिका स्तरमा विवाद निरुपण गर्न न्यायिक समिति रहने व्यवस्था गरको छ । स्थानीय न्यायिक प्रयोजनका लागि यो व्यवस्था नेपालको सैवधानिक इतिहासमा पहिलो पटक भएको हो । सविधानको उल्लिखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व स्थानीय तहमा रहको छ । विवाद निरुपणको कार्य आपूmमा एक प्राविधिक ज्ञान र सीप आवश्यक पर्ने बिषय हो । सो सन्र्दभमा सविधानबाट प्रदत्त न्यायिक अधिकारक्षेत्रको कुशल र प्रभावकारी कार्यान्वयन गर्न
पालुङटार नगरपालिकामा नगर उप–प्रमुखको संयोजत्वमा तिन सदस्य रहेको न्यायिक समिति रहेको छ । पालुङटार नगरपालिका न्यायिक समितिको न्यायिक सम्पादनमा सहयोग पुगोस भन्ने उद्धेश्यले पालुङटार नगरपालिका न्यायिक समितिको मातहतमा रहने गरी वडा स्थरीय मेलमिलाप केन्द्र गठन गर्न मेलमिलाप सम्बन्धि ८ दिने ( ४८ घण्टा) आधारभुत तालिम लिएको दक्ष मेलमिलाप कर्ताहरु आवश्यक हुनेुहंदा सो दक्ष मेलमिलाप कर्ताहरु तयार गर्ने उद्धेश्यले पालुङटार नगरपालिकाको आयोजना तथा ( कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) को सहकार्यमा मिति २०७५ – ०६ -१७ देखि २०७५ -०६ -२४ गते सम्म सञ्चालित मेलमिलाप सम्बन्धि आधारभुत ८ दिने आवसीय तालिम सम्पन्न भएको छ ।

पालुङटार नगरपालिका उप– प्रमुख तथा न्यायिक समिति संयोजक पम्फा बसेल ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रमको समापन सत्रमा माननिय जिल्ला न्यायधिस श्री वसन्त राज पौडेल ज्यू प्रमुख अतिथिको रुपमा उपस्थित भई सो कार्यक्रम माझ अदालतमा हुने मेलमिलाप र सामुदायिक मेलमिलाप केन्द्रमा हुने मेलमिलाप प्रकृया बारे तथा न्यायिक सम्पादनमा मेलमिलाप कर्ताको भुमिका बारे सत्र राख्दै पालुङटार नगरपालिका न्यायिक समितिले स्थानिय स्थरमा आफ्नो क्षेत्रअधिकार भित्र रहेको विवाद निरुपण गर्दै अनुसरणिय काम गरेको बताउनु भयो । स्थानिय स्थरमा नै यसरी न्यायिक समितिले सक्रिय भई संविधान प्रदत्तत कामकार्य गरेमा पिडितले सहज र सरल रुपमा न्याय पाउँने छन् भने जिल्ला अदालतमा रहेका अड अदालतमा मुद्धाको चाप समेत कम हुने बताउनु भयो । समापन सत्रमा जिल्ला न्यायधिवक्त सुरेन्द्र काफ्ले यसैगरी गोरखा जिल्ला बार एशोसेसनका अध्यक्ष यादव शर्माले विशेष अतिथिको रुपमा उपस्थित भई क्रमस मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता २०७४ बारे सो कार्यक्रमा सहभागिहरुलाई जानकारी गराउनु भयो । पालुङटार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती ज्युले शुभकामना मन्तव्य राख्दै हाम्रो पालुङटार नगरपालिकाले न्यायिक सम्पादन गर्ने कार्यमा सहज होस भन्ने उद्दश्यले विविध कानूनी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको कुरा बताउनु भयो । जनताले सहज रुपमा न्याय पाउँनु पर्छ भन्ने सर्वमान्य सिद्धान्तलाई अबलम्बन गरी न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्र पर्ने विवादलाई समय मै निरुपण गर्दा पिडितको सर्वत्तम हित हुने र न्याय पाएको अनुभुति हुनेहुदा पालुङटार नगरपालिका न्यायिक समितिले यी कुराहरु सदैब आत्मासाथ गर्नुपर्ने बताउनु भयो । कार्यक्रम सभापति पम्फा बसेल ज्युले समापन मन्तव्य राख्दै पालुङटार नगरपालिका न्यायिक समितिले हाल सम्म ९३ वटा विवादको निवेदन (उजुरी) दर्ता गराएकोमा ५५ वटा विवादहरु मेलमिलाप मार्फत निरुपण गरीसकेका छाँै । न्यायिक समितिको क्षेत्रअधिकार भित्र पर्ने विवाद तथा मुद्धा हेर्न तथा कानुनी रुपमा न्यायिक सम्पादन होस भन्ने उद्धेश्यले पालुङटार नगरपालिकाले गोरखा जिल्लामा पहिलो पटक कानूनी सल्लाहकार राखि न्यायिक समितिको कामकार्य सहजरुपमा गर्दै आएको छ । हामीले यो आर्थिक बर्ष मात्र १३ वटा मुद्धाहरु मेलमिलाप मार्फत मिलाउन सफल भयौ । यसरी न्यायिक समितिको विवाद अब वडा स्थरमा मेलमिलाप केन्द्र स्थापना गरी वडाबाटै मिलाउने उद्धेश्यले आयेजना गरीएको यो मेलमिलाप सम्बन्धि आधारभुत तालिमबाट तयार हुनुभएका मेलमिलाप कर्ताहरुले न्यायिक समितिमा सुचिकृत भई मेलमिलाप केन्द्रबाट मेलमिलाप कर्ताको रुपमा भुमिका निर्वाह गरी न्यायिक समितिको न्यायिक सम्पादन कार्यमा सहजता प्रदाने गर्नुहुने छ भन्ने उद्धेश्य न्यायिक समितिले लिएको कुरा भन्नु भयो । कार्यक्रममा प्रत्येक वडाबाट ४ जना तथा नगरकार्यपालिका सदस्यहरु गरी ५० जना सहभागिहरु हुनुहुन्थ्यो । कार्यक्रम व्यवस्थापन तथा सञ्चालन पालुङटार नगरपालिका कानूनी सल्लाहकार अधिवक्ता दिपक कुमार श्रेष्ठले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker