जनजागृतिको विद्यालय व्यवस्थापन अध्यक्षमा वडा सदस्य देवीलाल कुमाल

रविन्द्र कंडेल, असोज १६
गोरखाका पालुङटार नगरपालिकाको शिक्षा ऐन जारी भएपछि धमाधम नयाँ विद्यालय व्यवस्थापन समिति गठन भइरहेका छन । यसै क्रममा वडा नं. ७ को जनजागृति प्रा.वि.बुढीकुवामा पनि वडा सदस्य देवीलाल कुमालको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षता र श्रोतव्यक्ति रामकाजी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा राम बहादुर वि.क., शोभा कुमाल, शान्ता कुमाल, बसुन्धरा कुमाल, देवीमाया कुमाल, पदम बहादुर कुमाल, शिक्षक प्रतिनिधी कृष्ण बहादुर पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बाबुराम देवकोटा रहेका छन् ।
सोही भेलाले इन्द्र बहादुर कुमालको अध्यक्षतामा सात सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ । जसको सदस्यहरुमा रामकृष्ण कुमाल, आशा कुमाल, सोविता कुमाल, पार्वती वोटे, देवीलाल कुमाल, कृष्ण बहादुर पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बाबुराम देवकोटा रहेका छन् ।

Back to top button