युवाहरुलाई स्वरोजगार वनाउन पहल गर्ने सांसद चुडा खड्का

आश्विन २२,पालुङटार– प्रतिनिधि सभाका साम्सद चुडा खड्काले युवाहरुलाई स्वरोज्गार वनाउन पहल गर्ने बताउनुभएको छ । पालुङटार नगरपालिका वडा नं. ६ मा रहेको कमलटार युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोतितालाई उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका साम्सद खड्काले युवाहरुलाई स्वरोज्गार वनाउन पहल गर्ने बताउनुभएको हो । खेलाडीहरुको बिकासका लागि पालुङटारका युवाहरुलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रय स्तर सम्म पुर्याउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खेलकुद मार्फत नै युवाहरुको बिकास हुने भन्दै अहिले क्लबकोे खेलमैदान नभएको र आफु अर्को पटक आउँदा क्लबको आफ्नै खेलमैदान बनाईदिने र सोहि खेलमैदानमा आफुले खेलको उदघाटन गर्ने बताउनुभएको छ । सोहि अबसरमा उहाँले आफु यसै नगरपालिकाको बासिन्दा भएको र जनयुद्ध कालमा आफुले परिवर्तनका लागि खेलेको भुमिकाको स्मरण गर्दै पौवाटार र आसपासको क्षेत्र संग आफु परिचित रहेको प्रतिक्रिया दिनुभयो ।
सोहि कार्यक्रमका बिशेष अतिथि समेत रहनु भएका पालुङटार नगरपालिकका उपप्रमुख पम्फा बसेलले खेलकुदमा लागेका युवाहरुले स्वरोजगारमुलक काममा लाग्नु पर्ने बताउनुभएको छ । युवाहरु स्वरोजगार मुलक कार्यक्रममा लाग्दा युवाहरुलाई पालुङटार नगरपालिका र आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले युवाहरुले सामुहिक रुपमा उद्यम गरेमा नगरपालिका संग सहकार्य गरेर गर्न सक्नुहुन्छ भन्दै युवाहरु उद्यमसिल हुनसके विदेशिन नपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रोशन राज पाण्डेय, वडा नं. ६ का वडा अध्यक्ष गोविन्द बराकोटी, नेकपाका मदन देवकोटा लगायतको उपस्थिति रहेको यिथो ।

 

Back to top button