१२ बुँदे माग राख्दै नयाँ शक्ति पार्टी नेपाल तनहुँले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश

बिभिन्न १२ बुँदे माग राख्दै नयाँ शक्ति पार्टी नेपाल तनहुँले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । नयाँ शक्ति पार्टी तनहुँका संयोजक देबेन्द्र थापाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय तनहुँ गएको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी तुलसी रमण पौडेल मार्पmत ज्ञापन पत्र बुझाएको हो ।
नयाँ शक्ति तनहुँले बुझाएको ज्ञापन पत्रमा कञ्चनपुरकी निर्मला पन्त, पोखराकी पुष्पा के.सी , श्रेया विकको बलात्कार पछिको हत्या लगायतका दर्जनौं घटनाहरुको निष्पक्ष छानविन गरी दोषिमाथि कडा सजायको माग गरेको छ । यसैगरी राज्यका विभिन्न निकायहरुले हचुवाका भरमा जथाभाबी अत्यधिक मात्रामा बृद्धि गरिएकोले कर आतंकबाट मुक्त गर्न माग गरेको छ । दशंै लगायत महत्वपूर्ण चाडपर्वहरु नजिकिँदै गर्दा बजारमा कालाबजारी, कृत्रिम अभाव र महंगीको समस्या रहेकोले बजार अनुगमनलाई बलियो बनाउन , ठगी, कालाबजारी, कृत्रिम अभाव र महंगीलाई अबिलम्ब नियन्त्रण गर्न समेत नयाँ शक्तिले माग गरेको छ ।
यसैगरी बुढीगण्डकी जलविद्युत आयोजनालाई नेपाल सरकार आफैँले निर्माण गर्न समेत माग गरेको छ । नेपाल वायुसेवा निगमले विना टेण्डर खरिद गरेको वाइडबडि जहाजमा भएको अनियमितता छानविनि गर्न सर्वपक्षीय समिति निर्माण गर्न , ३३ किलो सुन तस्करीका अभियुक्क्तहरुलाई कारवाही, विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने अधिकारका लागि तत्काल कानुन बनाई कार्यान्वयन गर्न समेत माग गरेको छ ।
नयाँ शक्तिले किसानलाई मल, बीउ, आधुनिक प्रविधि, सिंचाईको व्यवस्था गर्न माग गरेको छ । सार्वजनिक यातायातलाई सुलभ र भरपर्दो बनाउन माग गरेको छ। बढदो दुर्घटना र जनधनको क्षति रोक्न सतर्कता अपनाउन समेत नयाँ शक्तिले माग गरेको छ। पृथ्वी राजमार्गमा सवारी दुर्घटना न्युनीकरण गर्न तत्काल राजमार्ग विस्तार कार्य सुरु गर्न समेत नयाँ शक्तिले माग गरेको छ। नयाँ शक्तिको ज्ञापनपत्रमा महिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमथि भइरहेको हिंसो अन्त्य गर्न पनि सरकारसँग माग गरेको छ ।
नेपाल सरकारका प्रचलित कानुन विपरित सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गरि कारवाही गर्न समेत नयाँ शक्तिले माग गरेको छ ।

Back to top button