निर्वाचनको समयमा गरिएका प्रतिबद्धता पुरा हुने

अमरराज नहर्की
तनहुँ ,असोज २१ गते । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोख्ररेलले निर्वाचनको समयमा गरेको प्रतिवद्धता सरकारले पुरा गर्ने बताउनु भएको छ । सो कुरा उपप्रधानमन्त्री पोख्रेलले प्रतिनिधी सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानको पिता स्वर्गीय केवलबहादुर श्रेष्ठको तेह्रौं पुण्य तिथिका दिन आईतबार दमौलीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बताउनु भएको हो ।
‘समृद्ध नेपाल सुखी नेपाली’ सरकारको नारा सार्थकता दिने गरी काम भईरहेको दाबी गर्दै मन्त्री पोख्रेलले सरकार बनेको छोटो समयमै लोडसेडिङ मुक्त गर्ने लगायतका महत्व पूर्ण काम पुरा भइसकेका छन्, सबै एकै चोटी पु्रा हुन्छ भन्ने सोच्नु गलत भएको बताउनु भयो । ‘निर्वाचनका प्रतिवद्धता पुरा गर्न योजना बद्ध तरिकाले हामी लागिरहेका छौं,विकास र समृद्धिलाई निष्कर्षमा पु¥याउन सरकार कटिबद्ध भएर लागिरहेको छ,’ उपप्रधानमन्त्री पोख्रेले भन्नुभयो । साथै उपप्रधानमन्त्रीले पोख्रेले प्रशासन प्रणालीलाई छिटो , छरितो , जिम्मेवारी एवं पारदर्शी बनाईने , दोषीलाई कारबाही र असल काम गर्नेलाई पुरस्कृत गर्ने , विकास निमार्णका कार्यहरुको पर्यात मात्रामा अनुगमन , निरीक्षण जस्ता कार्य पर्याप्त मात्रामा गरिने बताउनु भयो ।
सांसद श्रेष्ठका पिता केवलबहादुर श्रेष्ठले पार्टीमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै उहाँले श्रेष्ठको सपना तथा समृद्ध देशको सुखी नेपाली बन्ने चाहना पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । साथै रक्षा मन्त्री पोखरेलले बताउनुभयो । स्वर्गीय केवलबहादुरका छोरा एवं सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले बाबुले देखाएको बाटो पछ्याउने बताउनुभयो । कार्यक्रममा सांसद श्रेष्ठले जन्मदिने अभिभावक गुमाए पनि दुःखको घडीमा दिएको साथ र सहयोगले गर्दा हजारौ अभिभावक पाएको महशुस भएको बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एकबहादुर राना, प्रतापलाल श्रेष्ठ, नेकपाका जिल्ला नेता श्रीप्रसाद श्रेष्ठ, भगवती न्यौपाने लगायतले स्वर्गीय केवलबहादुले योगदानहरुबाट शिक्षा लिने, पाठ सिक्ने र व्यहारमा उर्तानु पर्नेमा जोड दिनु भयो । कार्यक्रम श्रद्धाञ्जली अर्पण गर्न नेकपाका नेता, कार्यकर्ता एवं शुभेच्छुकहरुको ठूलो सङ्ख्यामा भिड लागेको थियो ।

Back to top button
Close