मर्स्याङदी प्रा.वि.को अध्यक्षमा वडा सदस्य भगवती कुमाल

रविन्द्र कंडेल, असोज १६
गोरखाका पालुङटार नगरपालिकाको शिक्षा ऐन जारी भएपछि धमाधम नयाँ विद्यालय व्यवस्थापन समिति गठन भइरहेका छन । यसै क्रममा वडा नं. ७ को मस्र्याङ्दी प्रा.वि.मा पनि वडा सदस्य भगवती कुमालको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षता र श्रोतव्यक्ति रामकाजी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा अरुण कुमाल, पार्वती कुमाल, संगीता नेपाली, उर्मिला तिमिल्सिना, कृष्ण कुमार श्रेष्ठ र शिक्षक प्रतिनिधी जनार्दन कोइराला रहेका छन भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठ रहेका छन् ।
सोही भेलाले सीता कुमालको अध्यक्षतामा सात सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button