नगरपालिका कार्यालयमा रक्तदान कार्यक्रम

रविन्द्र कंडेल, असोज १०
रक्तदान जीवनदान भन्ने मूल नाराका साथ पालुङ्टार नगरपालिका कार्यालयले आज नगरपालिका कार्यालय परिसरमा विहान १० बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नगरपालिका कार्यालयको आयोजना र नेपाल रेडक्रस सोसाइटी भरतपुरको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । अहिले रक्तदान भइरहेको छ भने ३ वजेसम्म कार्यक्रम चल्ने जनाइएको छ । कार्यक्रममा नगरपालिकाकी उप प्रमु पम्फा बसेल लगायतकाले रक्तदान गरेका छन् ।

Back to top button
Skip Add
Close