जनकल्याण प्रा.वि. मा नयाँ विद्यालय समिति गठन, वडा सदस्य बनिन अध्यक्ष

रविन्द्र कंडेल, असोज ९
पालुङ्टार नगरपालिका वडा नं. ८ धुवाँकोटस्थित जनकल्याण प्रा.वि. को नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । वडा नं. ८ का कार्यवाहक वडाध्यक्ष नङगप्रसाद तिवारीको प्रमुख आतिथ्यतामा असोज ८ गतेका दिन विद्यालयमा भएको भेलामा धुवाँकोट श्रोतकेन्द्रका श्रोतव्यक्ति रामकाजी अधिकारीको उपस्थिति रहेको थियो भने भेलाले वडा सदस्य सिता नेपालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसका सदस्यहरुमा मैती नेपाली, विष्णु वि.क., धनसिंह लामा, प्रितीमाया तामाङ, श्याम बहादुर पुवाँर, जुनु थापा रहेका छन भने शिक्षक प्रतिनिधीका शोभा शर्मा रहेकी छन भने विद्यालयका प्रधानाध्यापक भोज बहादुर थापा सदस्य सचिव रहेका छन् ।
त्यस्तै गरी भेलाले बल बहादुर बरामको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ समेत चयन गरेको छ । जसको सदस्यहरुमा डोढी गुरुङ, साधुराम सुवेदी, विष्णुमाया थापा, वडा सदस्य सीता नेपाली, शिक्षक प्रतिनिधी अमृता तिवारी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक भोज बहादुर थापा सदस्य सचिव रहेका छन् ।

Back to top button