मिस्टर एण्ड मिस आँबुखैरेनी सिजन–१ को बिजेता राहुल गुरुङ्ग र दुर्गा गुरुङ्ग

राम धामी

आँबुखैरेनी, ७ असोज ।

तनहुँको आँबुखैरेनीमा पहिलो पटक आयोजना गरिएको मिस्टर एण्ड मिस आँबुखैरेनी सिजन–१ को ग्राण्ड फिनाली शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । मस्र्याङ्गदी युथ क्लब आँबुखैरेनी–३, को आयोजना र आँबुखैरेनी युनिटीको सर्पोटमा माई मनकामना चलचित्र मन्दिरमा मिस्टर एण्ड मिस आँबुखैरेनी सिजन–१ को एक समारोहकाबीच सफलतापूर्वक सम्पन्न गरिएको हो । शनिबार अबेर राती सम्पन्न मिस्टर आँबुखैरेनी सिजन–१ को टाईटल आँबुखैरेनी–२, खानीखोला निवासी राहुल गुरुङ्ग जितेका छन् ,भने मिस आँबुखैरेनी सिजन–१ को ताज आँबुखैरेनी–३, मिलनचोक निवासी दुर्गा गुरुङ्गले पहिरिएकी छिन् । यसैगरी, मिस्टर आँबुखैरेनी सिजन–१ को फस्ट रनरअप बिद्यान श्रेष्ठ, सेकेण्ड रनरअप संयोग कोईराला भएका छन् । यस्तै, मिस आँबुखैरेनी सिजन–१ को फस्ट रनरअप मिहीका गुरुङ्ग, सेकेण्ड रनरअप तृष्णा आले मगर भएकी छिन् । मिस्टर एण्ड मिस आँबुखैरेनी सिजन–१ को बिजेताले नगद रु. १५ हजार, एउटा आईफोन र कस्मेटिक गिफ्ट ह्याम्बर प्राप्त गरेका छन् । त्यस्तै, फस्ट रनरअप नगद रु. १० हजार र सेकेण्ड रनरअप नगद ५ हजार प्राप्त गरेका छन् । आँबुखैरेनी क्षेत्रमा अहिले सम्म ब्यूटी प्रिजेन्ट सो नभएको र आँबुखैरेनीका युवा युवतीहरुलाई मोटिभेसन सगैं एक्स्ट्रा एक्टिीभिटीजका लागि सो कार्यक्रमको आयोजना गरिएको मिस्टर एण्ड मिस आँबुखैरेनी सिजन–१ का कोर्डिनेटर सबिना क्षेत्रीले बताउनुभएको छ । गत श्रावण २० र २१ गते आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा लिईएको अडिसनमा ३० जनाबाट ५ जना ब्वाईज र ११ जना गर्लस मिस्टर एण्ड मिस आँबुखैरेनी सिजन–१ को लागि छानिएका थिए । छानिएसंगै एक महिना सम्म विभिन्न टे«निङ्ग गराएर ग्राण्ड फिनाली गरिएको आयोजक मस्र्याङ्गदी युथ क्लबका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभएको छ । यसैगरी, मिस्टर एण्ड मिस आँबुखैरेनी सिजन–१ को ग्राण्ड फिनालीबाट मिस तर्फ मस्ट ट्यालेन्ट दुर्गा गुरुङ्ग, मस्ट डिसिप्लिन पुजा गुरुङ्ग, मस्ट फोटो जेनिक तृष्णा आले मगर, वेस्ट वल्क सुजा गुरुङ्ग, पप्लिक च्वाईस मिहीका गुरुङ्ग र अर्गनाईज च्वाईस सिया श्रेष्ठ भएका छन् । यस्तै, मिस्टर तर्फ मस्ट डिसिप्लिन विद्यान श्रेष्ठ, मस्ट पङ्गचुअल निसान श्रेष्ठ र मस्ट फोटो जेनिक राहुल गुरुङ्ग भएको आयोजकले जनाएको छ ।

Back to top button
Close