आफैँले बनाएकाे ‘ई–स्कुटर’ बाट विद्यालय आउजाउ गर्छन् लमजुङका १७ वर्षे किशाेर

✍️श्यामशितल परियार
लमजुङ, २ माघ ।

नाम : अविनाश गुरुङ ।

घर : मध्यनेपाल नगरपालिका–८ डडुवा । अहिले बसोवास मध्यनेपाल भोर्लेटार ।

उमेर : १७ वर्ष ।

अध्ययनरत विद्यालय : इशानेश्वर मावि, मध्यनेपाल–६ । पढ्ने विषय : बाली विज्ञान ।

रुचि : विज्ञान–प्रविधि

सानै उमेरदेखि विज्ञान, प्रविधिमा रुचि राख्ने अविनाशले अहिले आफैँले ई–स्कटुर (विद्युतीय स्कुटर) बनाउनुभएको छ । आफैँले बनाएको स्कुटर चढेर उहाँ विद्यालय पुग्नुहुन्छ । यसैमा घर फर्कनुहुन्छ । उहाँले एक महिना लगाएर ई–स्कुटर बनाउनुभएकाे हो ।
अविनाशले याे स्कुटर चढेर विद्यालय आउजाउ गर्न थालेको छ महिना पुगिसकेको छ । दिउँसो पढाइमा व्यस्त रहे पनि बिहान–बेलुकीको समय खर्चेर ई–स्कुटर निर्माण गरेको उहाँले बताउनुभयो । ‘विद्यार्थी मान्छे । पढ्नु त पर्‍याे नै । दिउँसो पढाइमा व्यस्त भइन्थ्यो । बिहान–बेलुकीको समय खर्चेर एक महिनाको समयमा स्कुटर तयार गरेको हो’, उहाँले भन्नुभयो ।
।५५ हजार रुपैयाँ खर्च ।
ई–स्कुटर बनाउन ५५ हजार रुपैयाँ हाराहारीमा खर्च भएको उहाँले बतानुभयो । उहाँले यस स्कुटरमा २४ भोल्टको दुई सय ५० वाट क्षमताको मोटर प्रयोग गर्नुभएको छ । ब्याट्रीबाट चल्ने यस स्कुटर चार किलोमिटरसम्म गुड्ने उहाँले बताउनुभयो ।
‘बढी क्षमताको ब्याट्री प्रयोग गरेमा माइलेज पनि बढाउन सकिन्छ’, अविनाशले भन्नुभयो । ८० केजीसम्मको तौल धान्ने क्षमता यस स्कुटरको रहेको उहाँले बताउनुभयो ।
ई–स्कटुर नै बनाउने सोच मनमा कसरी पलायो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय विश्वमा डिजल, पेट्रोलबाट भन्दा इलेक्ट्रिकबाट चल्ने सवारी साधनको प्रयोग बढ्दो छ । यसका साथै वातवारणीय प्रदूषणलाई पनि कम गर्न सकिने र तुलनात्मकरूपमा धेरै मात्रामा दुई पाङ्ग्रे सवारीको प्रयोग रहेकाले पनि मैले ई–स्कुटर बनाएको हाे ।’
त्यसो त उहाँले यसअघि हाइड्रोलिक डोजर, रोबर्ट, रकेट, स्मार्ट डस्टबिन लगायतका सामग्री बनाइसक्नुभएको छ । आशबहादुर गुरुङ र उरमाया गुरुङका जेठा छोरा अविनाशलाई उहाँको रुचिमा परिवारको पनि सहयोग मिलेको छ । उहाँका भाइ अभिषेक गुरुङ त्यही विद्यालयमा कक्षा ८ मा पढ्नुहुन्छ ।
रुचि इन्जिनियरिङतर्फ अनि पढाइ बाली विज्ञान । रहर एकातर्फ, पढाइ अर्कोतर्फ भएजस्तो लाग्दैन भन्ने जिज्ञासामा उहाँले मस्कुराउँदै भन्नुभयो, ‘सानैदेखि प्रविधिमा रुचि थियो । कक्षा ९ देखि नै बाली विज्ञान पढियो । यसमा पनि प्रविधि जोडिने भएकाले यसैमा लागियो । पढाइबाट ज्ञान लिने हो । बाली विज्ञानबाट पनि त्यो प्राप्ति हुन्छ । आफ्नो रुचिको काम त गर्न सकिने नै भयो ।’
।प्रतिभाको कदर र संरक्षण सबैले गर्नु जरुरी
उहाँको यस कार्य, प्रयासलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । ‘धेरैले राम्रो भन्नुहुन्छ । कतिपयले सहयोग पनि गर्नुहुन्छ । अझै धेरै चिज बनाउने योजना, सोच छ । यसका लागि पालिकाबाट सहयोगको अपेक्षा राख्दछु,’ उहाँले भन्नुभयो ।प्रविधिमा धेरै रुचि रहनुमा उनीभित्र प्रतिभा रहेको इशानेश्वर माविमा भौतिकशास्त्र पढाउँदै आउनुभएका शिक्षक निर्मल अधिकारीले बताउनुभयो । प्रतिभाको कदर र संरक्षण सबैले गर्नुपर्ने उहाँले बताउनुभयो । अविनाशकाे प्रतिभाको प्रस्फुटनका साथै उहाँकाे कार्यको प्रचारप्रसारमा विद्यालय जुटिरहको शिक्षक अधिकारीकाे भनाइ छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.