बस्ती जोखिममा पर्ने भन्दै घाट सञ्चालनको विरोध

तनहुँ समाचारदाता
तनहुँ , असोज ५ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडा न ९ रहेको पुणीघाटमा खोलाजन्य सामाग्री विक्री गर्ने गरि टेन्डर आह्वान गरेको प्रति सो ठाउँका बासिन्दाले चर्को बिरोध गरेका छन् ।
घाट खुलाए सेती नदीको कटानले वडाका स्याउलीबजार र घारीको बस्ती नै जोखिममा पर्ने भएकाले उक्त घाट सञ्चालन गर्न नहुने भन्दै वडाबासीहरु नगरपालिकामा धर्ना दिएका छन् । उनीहरुले पुणीघाटमा सञ्चालनको लागि आह्वान गरिएको ठेक्का तत्काल रद्द गर्नु पर्ने अन्यथा थप दवावका कार्यक्रमहरु गर्ने चेतावनी वडाबासीहरुले दिएका छन् । हालै नगरपालिकामा नगर प्रमुखलाई ठेक्का रद्ध गर्न आग्रह सहितको ज्ञापन पत्र बुझाउदै वडाध्यक्ष सहितको टोलीले आफुहरुलाई मागमा गम्भिर हुन ध्यानाकर्षण गराए ।
सयौको संख्यामा नगरपालिकामा वडा वासी पुगेका थिए । पुगेको वडा न ९ का स्थानियहरुले नगरपालिकाले आईईई तयार पार्दा नै नगरपालिकाको इन्जिनियरले अनियमितता गरेको आरोप लगाएका छन् । कार्यपालिका सदस्य समेत रहेकी गिता महतले “पारीको घाटको लागि वारीबाट हेरेरै आईईई तयार पारिएको हो, स्थलगत अवलोकन नै नभएको आरोप लागउनु भयो । उहाँले आफृुहरुले कार्यपालिकाको बैठकमा समेत पटक पटक उक्त घाट सञ्चालन गर्दा बस्ती जोखिममा पर्ने भएकाले टेन्डर आह्वान नगरौँ भन्दा सुनुृवाई नभएको बताउनु भयो । “के कार्यपालिकाको बैठकमा महिलाको आवाज नसुनिने हो ?” महतले भन्नु भयो । यता वडाध्यक्ष लोक नारायण श्रेष्ठले समेत आफुहरुको कुरालाई कार्यपालिकाको वैठकमा हाँसोको विषयको बनाइएकोमा दुख ब्यक्त गर्नु भयो । “हाम्रो कुरा सुनुवाई नभई टेन्डर सञ्चालन भयो भने ढुँगामुढा गरेर भए पनि घाट सञ्चालन गर्न दिन्नौँ” वडाध्यक्ष श्रेष्ठले भन्नु भयो ।
उक्त घाटको लागि नगरपालिकाले आईई पास गरेर १५ दिन भित्रमा बोलपत्र आह्वान गरि सकेको छ । नगरपालिकाको उक्त कदम नगरबासीहरुको भावना विपतरित भएको भन्दै स्थानिय सन्तुमाया ढकालले तत्काल टेन्डर फिर्ता हुनु पर्ने बताउनु भयो । वडाबासीहरुको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख किसान गुरुङ्गले स्थानिय जनताको भावना विपरित आफुहरु चल्ल नसक्ने बताउदै उक्त घाट सञ्चालनमा रोक लगाउने बताउनु भयो । मेयर गुरुङले आईईई पास गरि बोलपत्र आह्वान भएता पनि घाट खुलाउन र नखुलाउने अख्तियार नगरपालिकासँग भएकाले फाईदा र बेफाईदाको अध्ययन गरि घाट सञ्चालन र रोक लगाउन सकिने बताउनु भयो । नगरपालिकाले पुणीघाटसँगै नगरभित्र पर्ने सेती तथा क्याङदी खोलाका १९ घाटमा टेन्डर आह्वान गरेको छ । नगरपालिकाको आन्तरिक आम्दानीलाई बृद्धी गर्नको लागि पनि घाट सञ्चालन गर्नु पर्ने नगरपालिकाले जनाएको छ ।

Back to top button