
गोरखा । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गोरखामा बिद्दुत संबन्धि समस्या समाधान गर्नको लागि २४ करोड ४० लाख बजेट बिनियोजन भएको छ ।
उर्जा मन्त्रालयले ग्रामिण बिद्दुतीयकारण (नयाँ लाइन विस्तार ), फलामे पोल , ट्रान्सफरमर खरिद लगायतका शिर्षकमा बजेट विनियोजन गरेको हो ।
गोरखा जिल्लाको ग्रामिण तथा हिमाली भेग, बजार क्षेत्रमा बिद्दुत समन्धी समस्या रहेको भन्दै गोरखा क्षेत्र-२ का सभासद चुडा खड्काले बजेटको माग गरेका थिए ।
जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा आवश्यकता अनुसार बजेट विनियोजन गरेको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त )का स्वकिय सचिब सुमन आचार्यले जानकारी दिए ।
गोरखा जिल्लामा अघिल्लो बर्षहरुको भन्दा यो बर्ष धेरै बजेट छुट्टाइएको भन्दै आचार्यले यसले लगभग अहिले देखिएको बिद्दुतीय समस्या सामधान हुने बताए ।