सर्वोदय सेवाश्रममा बौद्ध हिमालका खेलाडी…..

सुजन न्याैपाने, पालुङटार
प्रथम वडा कप फुटबल प्रतियोगिताको विजेता भए पछि बौद्ध हिमाल युवा क्लब, ठाँटिपोखरीका खेलाडी तथा सदस्यहरुले लम्जुङ, राइनास नगरपालिकका स्थीत सर्वोदय सेवाश्रममा आश्रित वृद्ध–वृद्धालाई फलफुल तथा खाना वितरण गरेका छन् । वडा कपको ट्रफी उचालेपछि क्लबका सदस्य तथा खेलाडी बिचको सम्बन्ध झनै बलियो पार्ने उद्देश्यले आयोजित टिम बिल्डिङ कार्यक्रम राइनास नगरपालिकाको राइनासकोटमा आयोजना गरिएको थियो । उक्त कार्यक्रम अन्र्तगत बौद्ध हिमाल युवा क्लबका खेलाडीले स्थानीय शिव शंकर स्पोर्ट क्लबसँग मैत्रिपूर्ण फुटबल खेल खेलेका थिए । सोहि कार्यक्रममा समाज प्रतिको उत्तरदायित्व बोध गर्दै सर्वोदय सेवाश्रममा आश्रित वृद्ध–वृद्धालाई सहयोग गरेको क्लबका अध्यक्ष किरण गिरीले बताए ।
१२ जना आश्रित आश्रममा विभिन्न संघ संस्था, युवा तथा सेव गर्ने पवित्र हातहरुले गर्दा आश्रम संचालन गर्न थप उर्जा थपेको र बौद्ध हिमाल युवा क्लब प्रति आफु आभारी रहेको सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताउनुभयो ।

Back to top button
Close