च्याङ्लीमा औद्योगिक क्षेत्र निर्माणको लागी पून ः भौगोलिक सर्वे

औद्योगिक क्षेत्र निर्माणको लागी पालुङटारको च्याङ्लीमा पून ः भौगोलिक सर्वे भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को ०४÷१८ को बैठकले औद्योगिक क्षेत्र निर्माणको लागी पून ः भौगोलिक सर्वे गर्नु पर्ने ठहर गरेपछि उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको संयाजन रहने गरी शहरी बिकास मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, भुमी व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रालय, कृषि तथा पशुपंछी बिकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालय समेत रहेको संयुक्त कार्यदलले शुक्रबार पालुङटार नगरपालिका वडा नं. ७ र ८ को च्याङली र धुँवाकोटका केही भुभागको भौगोलिक सर्वे गरेको हो । भौगोलिक अध्ययनका लागी पालुङटार आएको उक्त टोलीले सर्वे गरिसकेपछि वडा नं. ७ को कार्यालयमा जनप्रतिनिधिहरु सहित संयुक्त रुपमा सर्वसाधरणहरु संग अन्र्तक्रिया गरेको छ ।
अन्र्तक्रिया कार्यक्रममा उपस्थित सर्वसाधरणहरुले औधोगिक क्षेत्र स्थापना गर्ने बाहानामा आफुहरुलाई बिस्थापित गर्नलागीएको भन्दै आपत्ती जनाएका थिए । उनिहरुले वास्तविक पिडित भन्दा पनि वाहिरका मान्छेहरुलाई सहभागी गराएर अनुमोदन गराउन लागीएको भन्दै असन्तुस्टी व्यक्त गरेपछि पालुङटार नगरपालिकाको उपप्रमुख पम्फा बसेलले आफुहरु जनताबाट निर्वाचित प्रतिनिधि भएको भन्दै आफुहरुले जनतालाई नै बिस्थापित गराएर बिकास नगर्ने बताउनु भएको छ । उहाँले जनतालाई कुनै पनि अन्याय हुन नदिने भन्दै जनताको पक्षमा लड्न स्थानीय सरकार तयार रहेको बताउनुभयो । बिकासका लागी बिरोध गर्न नहुने भन्दै उहाँले सरकारले उचित मुहाब्जा दिएर मात्र औद्योगिक क्षेत्रको स्थापना गर्नेमा बिस्वास व्यक्त गर्नुभयो ।
सर्वे टोलीको नेतृत्व गरेर आउनुभएका औद्योगिक क्षेत्र बिकास वोडका प्रतनिधि देव नारायण सापकोटाले अहिले नै उद्योग स्थापना भइनहाल्ने भन्दै औद्योगिक क्षेत्र स्थापनाको लागी यहाँको भौगोलिक अवस्था, यस क्षेत्र भित्र रहेका सार्वजानिक वन, कबुलियती वन, खेती योग्य जमिन वस्ती लगायतका विषयको अध्ययन पछि मात्र प्रक्रिया अघि बढ्ने बताउनु भयो । त्यसै गरी उद्योग वाणीज्य तथा आपुर्ती मन्त्रालयका उपसचीव रितु पन्तले उद्योग स्थापनाका लागी वातावरणीय प्रभार र सुवीधाले प्रभाव पार्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ७ र ८ का वडा अध्यक्ष बसन्त श्रेष्ठ र शंकर राज कडेलले भने यो भेलाले औद्योगिक क्षेत्र स्थापनाका लागी पोजेटिभ सन्देश जाने प्रतिक्रिया दिनुभएको छ । कार्यक्रममा पालुङटार नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु जुद्ध विलाश भन्डारी, बिवस चिन्तन , मानबहादुर पौडेल , दीनार कुमार श्रेष्ठ, कमल बोगटी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Back to top button