साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने

साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहनुभएको छ ।

साहित्यकार किञ्जल्कको साहित्यिक योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागिएको समितिका सचिव बाँस्तोलाले जानकारी दिनुभयो । समितिमा कास्की, बागलुङ, पर्वत, तनहुँ, गोरखा, चितवन, नवलपुर, रुपन्देही, दाङ र काठमाडौंका साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि रहनुभएको छ । बाँस्तोलाका अनुसार समितिले अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने तथा अनुकूल समयमा किञ्जल्कको अभिनन्दन गर्नेछ ।

विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मनुभएका ‘बागलुङे वैद्य’ पोखरा महानगरपालिका­ २ भैरवटोल निवासी हुनुहुन्छ । पुख्र्यौली घर बागलुङ भएका उहाँको परिवार २०१५ सालदेखि पोखरामा बसेको हो । आयुर्वेदमा स्नातक उहाँले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गर्नुभएको थियो ।

नेपाली र संस्कृत भाषामा सिद्धहस्त किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशन भएको थियो । उहाँका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् । त्यस्तै उहाँका सम्पादित तथा अनुवादित कृति चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम् (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रको पद्यानुभाव (२०६१) प्रकाशित छन्

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.