Trending

किसानलाइ अनुदानमा कृषि सामग्री बितरण

पालुङटार नगरपालिका वाड नम्बर आठले किसानलाई अनुदानमा कृषि सामाग्री बाँडेको छ ।
आर्थिक बर्ष २०७७/०७८ को वडाको बार्षिक बजेट अनुसार ४ वटा मिनि ट्रिलर ७० % अनुदानमा टोल सुधारको सिफारिसमा कृषक समूह छनौट गरि बितरण गरिएको वडा अध्यक्ष शंकर कंडेलले जानकारी दिनु भयो ।
अध्यक्ष कंडेलका अनुसार २ वटा बाख्रा फर्मले चाप कटर ७५% अनुदानमा पाएका छन् ।

साथै ३० जना किसानलाई ७५% अनुदानमा प्लाष्टिक टनेल लगेका छन् । उहाँका अनुसार मिनि ट्रिलरका लगि २ लाख, १/१ लाख चाप कटर र टनेलका लागि किसानहरुले ३० र  २५ % भुक्तान गरेको रकम समेत सामग्रि खरिदमा प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker