Trending

च्याङलीमा ९ गतेदेखि ७ दिने याेगशिविर हुँदै

गाेरखा,

गाेरखाकाे पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीमा फागुन ९ गतेदेखि ७ दिने याेगशिविर सञ्चालन हुने भएकाे छ ।

ब्रहमाकुमारी राजयाेग प्रशिक्षण केन्द्र काे अायाेजनामा राजयाेग स्वास्थ्य शिक्षा तथा सम्पूर्ण व्यायाम शिविर सञ्चालन हुने बताइएकाे छ ।

बिरूवाटारमा रहेकाे हलमा सञ्चालन हुने शिविरमा स्वास्थ्य शिक्षा सहित विभिन्न प्रकारका ब्यायामहरू सिकाइने प्रशिक्षक भीमसेन कार्कीले बताउनुभयाे ।

शिबिरबाट मानिसमा हुने बिभिन्न प्रकारका स्वास्थ्य समस्या निराकरण गर्न मदत पुग्नुका साथै स्वस्थ्य जीवन जिउन समेत सहयाेग मिल्ने भएकाले स्थानीयहरूलाइ फाइदा लिन समेत अायाेजकले अाग्रह गरेकाे छ ।

शिबिर साे स्थानमा बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म र दिउँसाे ३ः३० देखि ४ः३० सम्म सञ्चालन गरिने समेत प्रशिक्षक कार्कीले जानकारी दिनुभयाे ।

उक्त कार्यक्रम सञ्चालनकाे लागि च्याङ्ली सामुदायिक सिकाइ केन्द्र, च्याङ्ली स्वास्थ्य चाैकी, वडा नंं ७ काे कार्यालयले सहयाेग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker