Trending

व्यवसायिक शिक्षा तथा प्रविधी प्रतिष्ठान पालुङ्टारकाे अायाेजनामा बिभिन्न तालिमहरू सञ्चालन 

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ३ लामगरामा छाेटाे अवधिकाे बाख्रापालन तालिम सञ्चालन भइरहेकाे छ । व्यवसायिक शिक्षा तथा प्रविधी प्रतिष्ठान पालुङ्टार गाेरखाले CTEVT गण्डकी प्रदेशकाे सहकार्यमा साे तालिमकाे शुरूवात गरेकाे हाे । काेराेनाका कारण बैदेशिक राेजगारी गुमाएर फर्किएका युवाहरूलाइ देशभित्रै राेजगार बनाउने उदेश्यका साथ तालिमकाे अायाेजना गरिएकाे प्रतिष्ठानका प्रतिक गिरीले जानकारी दिनुभयाे ।

व्यवसायिक शिक्षा तथा प्रविधी प्रतिष्ठान पालुङ्टारकाे अायाेजनामा बिभिन्न तालिमहरू सञ्चालन गर्दै अाइरहेकाे छ । हाल वडा नं. ४ मा ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता तालिम, वडा नं. ५ मा कुखुरा पालन तालिम तथा वडा नं. ७ मा केरा खेती तालिम एकसाथ शुरू गरिएकाे छ ।

६५ दिनसम्म सञ्चालन हुने साे कार्यक्रमहरूमा २०, २० जनाका दरले सहभागी भइरहेका प्रतिष्ठानका प्राचार्य राममणि पाैडेलले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker