धादिङका मल्ल र गुरूङले जिते लिगलिगे साईकल दाैड

गोरखा । प्रथम लिगलिगे साइकल दौडको उपाधि एपिएफले जितेको छ ।

प्रजातन्त्र दिवशका अवसरमा लिगलिग भिलेज स्पोर्टस क्लबले आयोजना गरेको प्रथम साइकल दौड प्रतियोगिताको पुरुष र महिला तर्फका दुवै उपाधि एपिएफका खेलाडीहरुले जितेका हुन । पुरुष तर्फ लक्ष्मण मल्ल र महिला तर्फ सोनी गुरुङले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । उनिहरु दुवै धादिङ्गका स्थायी बासिन्दा समेत हुन ।

पालुङटार नगरपालिकाको लिगलिगकोटबाट सुरु भएको दौड ५२ दशमलव ९ किलोमिटर दुरीको थियो । जुन प्रथम भएका मल्लले २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गरे भने गुरुङले २ घण्टा ५६ मिनेट ७ सेकेण्डमा पार गरिन ।

प्रतियोगितामा पुरुष तर्फ नेपाली सेनाका हिमाल टमाटा दोस्रो भएका छन् । उनले २ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा सो दुरी पार गरेको आयोजक क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक संजिव राना मगरले जानकारी दिए । यसैगरी प्रतियोगिताको पुरुष तर्फ नै ओकेशराज बज्राचार्य तेस्रो भए उनले २ घण्टा ३६ मिनेट ५६ सेकेण्डमा दुरी पार गरेका हुन ।

महिला तर्फ भने लक्ष्मी मगर दोस्रो हुदा उषा खनाल तेस्रो भइन । उनिहरुले क्रमश ३ घण्टा २ मिनेट ९ सेकेण्ड र ३ घण्टा ९ मिनेट २ सेकेण्डमा ५२ दशमलव ९ किलोमिटर दुरी पारेका थिए । प्रतियोगितामा ६२ जना पुरुष प्रतियोगी सहभागी भएका थिए । त्यस्तै महिला तर्फ १६ जना प्रतिस्प्रधि सहभागी भएको आयोजकले जनाएको छ ।

‘ऐतिहासिक पर्यटकीय सम्भावना बोकेको लिगलिग क्षेत्रको समग्र बिकास र समृद्धिको लागि साहासिक खेल र पर्वतीय पर्यटनको मााध्यमबाट देश विदेशमा चिनाएर स्थानीय समुदायको उद्यमशिलता बिकास गर्नु कार्यक्रमको मुख्य उदेश्य हो,’ उनले भने, ‘लिगलिगकोटबाट सिरानचोक र लमजुङको राइनाश गाउँपालिकाको केही भुभाग समेत परिक्रमा गरी पुनः लिगलिगकोटमा पुगेर दौड सकियो ।

दौडले आसपासमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार हुन्छ भन्ने पनि हाम्रो बुझाई छ ।’ क्लबका अध्यक्ष संजिव राना मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलको प्रमुख आतिथ्यता रहेको थियो । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गराउने उदेश्यले दौड आयोजना गरिएको आयोजक लिगलिग भिजेल स्पाेर्टका अध्यक्ष संजीव रानाले जानकारी दिए ।

प्रतिस्प्रर्धामा महिला र पुरुष दुवै तर्फ पहिलो हुनेलाई नगद २५ हजार, दोश्रो हुनेलाई २० हजार, तेश्रो हुनेले १५ हजार सहित प्रमाण पत्र वितरण गरिएको छ । यता पालुङटार नगरपालिकाले समेत प्रतियोगितालाई अपनत्व ग्रहण गरेको छ । खेलकुदका माध्यमबाट इतिहास र संस्कृतीको जगेर्नासहित पर्यटकिय स्थलहरुको प्रचार प्रसारका लागि साइकल दौडको आयोजना गरिएको मेयर कडेंलले बताए ।

प्रतियोगितामा पालुङटार नगरपालिकाले ५ लाख, नेपाल पर्यटन बोर्डले १० लाख सहयोग आएको र अन्य ब्यक्तिहरुले समेत कार्यक्रममा टिसर्ट लगायतका आवस्यक सहयोग जुटेको अध्यक्ष रानाले बताए । त्यस्तै कार्यक्रमका लागि सिरानचोक गाउँपालिकाले १ लाख र लमजुङको राइनास नगरपालिकाले ५० हजार सहयोग गर्ने प्रतिवद्धता भएको उनले बताए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.